काठमाडौं । प्रेस काउन्सिल नेपालले आचारसंहिताविपरीत कार्टुन प्रकाशित गरेको भन्दै नागरिक दैनिकसँग २४ घण्टे स्पष्टीकरणसोधेको छ ।
नागरिक दैनिकमा बिहीबार पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै होच्याउने र तथ्यहीनसामाग्रीमार्फत व्यंग्यसहितको कार्टुन प्रकाशित भएको थियो ।
काउन्सिलले काटेको पत्रमा तथ्यहीन सामाग्री राखेर होच्याउने, दूर्भावना राख्ने जस्ता काम गर्नुको कारण सोधिएको छ ।
पत्रमा कुनै राजनीतिक दल तथा उम्मेदवारलाई लक्षित गरी आचारसंहिता प्रतिकूल कार्टुन के कसरी सम्प्रेषण भएको हो ? यस्तासामाग्रीले कुनै दल विशेषको नेतालाई चुनावका बेला होच्याउने वा दूर्भावना राख्ने काम गर्छ कि गर्दैन ? २४ घण्टाभित्र जवाफ पेस गर्नभनिएको छ ।
पत्र बिहीवारै पठाइएको काउन्सिल स्रोतले जानकारी दियो ।








































