पोखरा, ४ कात्तिक । गण्डकी प्रदेशको पोखरामा सत्तारुढ गठबन्धनको प्रदेशस्तरीय कार्यकर्ता भेला शुरू भएको छ । गठबन्धनमा रहेकासबै राजनीतिक दलका शीर्ष नेताहरूको सहभागितामा भेला शुरू भएको हो ।
भेलालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।








































