गोरखाको संघ र प्रदेश को चुनाव लड़न आफ्ना उम्मेदवारहरुलाई पार्टीले टिकट दिए संगै यति बेला चुनाव को रौनक़ बढिरहेको छ । गोरखा जिल्लामा गत निर्वाचनमा भने प्रतिनिधि सभा र प्रदेश सभा चुनाव मा एमाले माओवादी गठबंधनसंग कांग्रेस पराजित भएको थियो तर यो निर्वाचन मा भने कांग्रेस ,माओवादी गठबंधन बलियो देखिएको छ ।
कांग्रेस र माओवादी कै प्रतिस्पर्धा रहेको गोरखामा यी दुई दल बिच गठबंधन हुदा गठबंधन निकै बलियो देखिन्छ । गोरखा क्षेत्र नं १ मा गठबंधन को तर्फ बाट कॉंग्रेस नेता राजेन्द्र बजगाई को उमेदवारी परेको छ भने उनको प्रतिस्पर्धा एमाले नेता रामशरण बस्नेत छन् ।
स्थानीय तहको निर्वाचन को नतिजा हेर्ने हो भने गठबंधन भन्दा निकै कमजोर देखिन्छ एमाले ।त्यस कारण पनि बजगाई लाई चुनाव जित्न सहज देखिन्छ ।
गत चुनाव मा प्रदेश सभा मा बस्नेत संग पराजित भएका बजगाई यो पटक भने गठबंधन को वलमा संघीय क्षेत्र हत्याउने दाउमा छन् ।
गठबंधन को बलमा प्रदेश जितेका बस्नेतलाई संघमा भने बजगाई फलाम को चिउरा हुने देखिन्छ ।
माओवादी कॉंग्रेस गठबंधन मत स्थानीय चुनाव को आधारमा ५२ , हजार भन्दा बढी छ भने एमालेको मात्र १४ हजार हाराहारीमा छ । यो आंकडा हेर्दा बस्नेत निकै कमजोर देखिन्छन ।
गत चुनाव मा गोरखा क्षेत्र नं १ ख मा कांग्रेस बाट उमेदवार राजेन्द्र बजगाई थिए भने एमाले माओवादी गठबंधन बाट एमाले नेता रामशरण बस्नेत थिए ।
सफल पर्यटन व्यवसायी राजेन्द्र बजगाईं पनि यस पटकको निर्वाचनमा गोरखा-१ बाट प्रतिनिधि सभा तर्फ बाट उमेदवार बनेका छन् ।
२०७४ सालको निर्वाचनमा प्रदेशसभा निर्वाचनमा पराजित भएका बजगाईं यसपटक गोरखा-१ बाट सिफारिस भएका संगै गठबन्धनको तर्फ बाट उनि उमेदवार बनेका हुन ।
यसअघि गोरखा क्षेत्र नम्बर १ ख बाट उम्मेदवार बनेका बजगाईलाई नेकपा एमालेका रामशरण बस्नेतले पराजित गरेका थिए।
सफल पर्यटन व्यवसाय गरिरहेका बजगाईंले होटल व्यवसायमा समेत लगानी गरेका छन्। व्यवसायी बजगाईं गोरखाको सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय छन्।
गोरखामा कॉंग्रेस बाट क्षेत्र नं १ ,ख प्रदेशमा कॉंग्रेस पाटी सभापति नन्द प्रसाद न्यौपाने र क्षेत्र २ ख,प्रदेश मा कॉंग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, क्षेत्र नं २ संघमा माओवादी अध्यक्ष प्रचण्ड चुनाव लड़ने भएका छन् भने
क्षेत्र नं १ प्रदेश क, मा माओवादी नेता कृष्ण धिताल सत्ता गठबंधन को तर्फ बाट चुनाव लड्ने भएका छन ।








































