Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१०:४४ दिउँसो
- ADVERTISEMENT -

तनहुँ विकासको जिम्मा हामी लिन्छौ : नेता पौडेल

प्रकाशित मिति: २०७९ असोज २७, बिहीबार

333
Shares

तनहुँ, २७ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ विकासको जिम्मा आफूहरूले लिने बताएका छन् । व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध धार्मिकस्थल छाब्दीवाराहीमा आज दर्शनपछि स्थानीयसँगको भेटघाटमा उहाँले अवरुद्ध भएको विकास निर्माणको जिम्मा अब आफूहरुले लिने बताए ।

मङ्सिर ४ गते हुने निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पौडेलले गत निर्वाचनमा कांग्रेस हार्दा जिल्लाको विकास रोकिएकाले अबको निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनको जित अपरिहार्य रहेको बताए ।

विगतको निर्वाचनका आफू देशव्यापी लाग्नुपर्दा तनहुँका जनतामा भ्रम उत्पन्न भई निर्वाचन हारे पनि यसपटक तनहुँका जनताको साथ आफूलाई प्राप्त हुने पौडेलको भनाइ थियो । “देशलाई सुशासन चाहिएको छ, राजनीतिक स्थिरता चाहिएको छ, नेपालको अनुकूल विकास चाहिएको छ”, पौडेलले भने, “त्यो कांग्रेसको नेतृत्वमा मात्र सम्भव छ ।”

जिल्लामा कांग्रेसकै नेतृत्वमा थुप्रै विकास भए पनि विकास भएन भनेर विपक्षीले अनावश्यक प्रचार गरेको पौडेलको आरोप थियो । “जनतालाई भ्रमको सिकार बनाइयो, गाउँ–गाउँमा विकास पुगेको छ, सडक पुगेको छ, अब कालोपत्र गर्छौँ”, उनले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -