मुम्बई । बलिउड अभिनेता रणवीर सिंह यतिबेला आफ्नो कारका कारण चर्चामा छन् । कारका निकै सौखिन उनले विश्वको विलासिता र महँगो मानिएको कार ल्याम्बोर्गिनी किनेका छन् । करिब ६ वर्ष कुरेर उनले यो कम्पनीको चम्किलो निलो एस्टन मार्टिन कार किनेका हुन् । लगातार एक पछि अर्को कार किनेका कारण उनी चर्चामा आएका हुन् । मिडिया रिपोर्टका अनुसार रणवीर सिंहको यो पछिल्लो कारको मुल्य ४ करोड भारु रहेको छ ।
अभिनेता रणबीरले आफु कारको सौखिन भएको बताउँदै आएका छन् । आफुले किनेको कारण केही समय प्रयोग गरेर त्यसलाई आफुसँग सँग्रह गरेर राख्नु उनको अर्को विशेषता हो ।
आफ्नो कार ब्लू एस्टन मार्टिनको ’boutमा कुरा गर्दै रणवीर सिंहले एक अन्तर्वार्तामा भनेका छन्,‘यसमा पेडल सिफ्टिङ फिचर थियो, जसका कारण मलाई यो कार किन्ने मन लाग्यो। ल्याम्बोर्गिनी मेरो बकेट लिस्टमा थियो । म सन् २०१४ मा पहिलो पटक यसको शोरुममा गएको थिएँ । तर त्यसपछि मैले यो कार किन्न करिब ६ वर्ष कुरें र अन्ततः यो कार किनें ।’ यो कार किन्नु आफ्नो लागि गर्वको क्षण भएको उनले बताएका छन् ।
रणवीर सिंह विलासी जीवन बिताउन मन पराउँछन्। उनीसँग धेरै लक्जरी गाडीहरूको ठूलो संग्रह छ। यी कारहरू बाहेक, अभिनेतासँग मर्सिडीज मेब्याक र मर्सिडीज बेन्ज पनि छ । जसको लागत करिब करोड छ । यी गाडीहरूमा अभिनेता धेरै पटक देखिएका छन्।
वर्कफ्रन्टमा, रणवीर सिंह अर्को पटक करण जोहरको फिल्म रकी और रानी की प्रेम कहानीमा देखिनेछन् । जसमा उनीसँगै आलिया भट्ट पनि मुख्य भूमिकामा देखिनेछिन् । फिल्म अर्को वर्ष फेब्रुअरीमा थएटरमा आउने छ ।








































