काठमाडौं : वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको शरीरमा अक्सिजनको मात्रा कमी भएपछि फेरीि आइसियुमा सारिएको छ। किष्ट अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन्।
किष्ट अस्पतालले हिजो(बुधबार) जोशीको स्वास्थ्यमा सुधार हुँदै गएपछि सामान्य दोहोरो कुराकानी गर्न सक्ने अवस्थामा पुगेको जानकारी दिएको थियो।
उनका अनुसार निमोनिया संक्रमणका साथै मुटुको चालसम्बन्धी समस्याको लागि एन्टिबायोटिक्स दिइरहनुपर्ने अवस्था अझै कायमै छ।
जोशी २१ दिनदेखि उक्त अस्पतालमा उपचाररत छन्।









































