काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा सवारी आवगमनमा केही अवरोध रहेको छ । उपत्यकाका मुख्य चोकमा सवारी साधन केही समय रोकिनु पर्ने अवस्था रहेको काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।
जडिबुटी, कोटेश्वर, माइतिघर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, केशरमहल, सोह्रखुट्टे, मित्रपार्क, नारायणगोपाल चोक हुँदै चल्ने सवारी साधन चोकमा केही समय रोकिनु पर्ने अवस्था रहेको छ ।
विभिन्न नाका हुँदै काठमाडौं उपत्यका भित्रिने सवारी साधनको संख्या बढेसँगै नाकाहरुमा पनि सवारी साधन केही समय रोकिनु पर्ने अवस्था रहेको ट्राफिक कन्ट्रोल रुमले जानकारी दिएको छ ।








































