जारी सिजन सुरुवातबाटै उत्कृष्ट लयमा रहेको आर्सनलले लिभरपुललाई ३-२ गोल अन्तरले पराजित गरेको छ। बुकायो साकाले २ गोल गरेपछि आर्सनलले ९ खेलमा आठौँ जित निकाल्दै पुन:शीर्ष स्थानमा फर्कियो।
आर्सनलले घरेलु मैदानमा पहिलो मिनेटमानै गाव्रिएल मार्टिनेलीको गोलमार्फत खेलमा १-० को अग्रता लिएको थियो। तर डारविन नुनेजले ३४ औँ मिनेटमा गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याए।
तर आर्सनलले पहिलो हाफको इन्जुरी समयमा साकाको गोलमार्फत पुन:अग्रता बनाएको थियो। तर दोस्रो हाफमा पुन:आर्सनलले खेललाई बराबरीमा ल्यायो। ५३ औँ मिनेटमा फिर्मिन्होले डियोगो जोताको पासलाई सदुपयोग गर्दे लिभरपुललाई २-२ को अवस्थामा ल्यए। तर ७६ औँ मिनेटमा साकाले पेनल्टीमार्फत आर्सनलको जित निश्चित गरेका थिए।
जितपछि आर्सनलले ९ खेलबाट २४ अङ्क बनाएर शीर्ष स्थानमा उक्लिएको छ। आर्सनल जारी सिजन म्यानचेस्टर युनाईटेडसँग मात्र पराजित भएको छ। समान खेलबाट सिटी २३ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ।








































