Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५६:१९ दिउँसो
- ADVERTISEMENT -

कांग्रेसले ८९ क्षेत्रमा निर्वाचन लड्दै

प्रकाशित मिति: २०७९ असोज २४, सोमबार

348
Shares

काठमाडौं ।
सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि ८९ क्षेत्रमा उम्मेदवारी दिएको छ । पाँच दलीय गठबन्धनको तर्फबाट कांग्रेसले प्रतिनिधिसभाका ८९ सिटमा उम्मेदवारी दिएको हो । कांग्रेसबाहेक सत्तागठबन्धनमा आबद्ध माओवादी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमोर्चाले ७६ सिटमा आफ्नो उम्मेदवार उठाएको छ ।

गठबन्धनभित्र सामेल दलहरूको लामो कसरतपछि आइतबार बिहानसम्म लगाएर सिट बाँडफाँटको टुंगो लगाइएको हो । जसअनुसार कांग्रेसले प्रदेश १ मा १९, मधेसमा १५, बागमतीमा १८, गण्डकीमा १०, लुम्बिनीमा १४, कर्णालीमा ४ र सुदूरपश्चिम प्रदेशका ९ निर्वाचन क्षेत्रबाट मात्रै प्रतिनिधिसभा सदस्यमा उम्मेदवार उठाएको हो । त्यस्तै, नेकपा माओवादीले ४७ मा, नेकपा एकीकृत समाजवादीले १९ र लोसपाले ८ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएको छ भने राजमोले २ क्षेत्रमा उम्मेदवारी दिएको छ ।

गठबन्धभित्रका दलहरूले आफ्नो उम्मेदवार नभएको क्षेत्रमा गठबन्धनका उम्मेदवारलाई सहयोग गरेर चुनाव जिताउन लाग्ने जनाएका छन् । सत्ता गठबन्धधमा आबद्ध दलका नेताहरूले नेकपा एमालेलाई चुनाव हराएर संविधानको रक्षा, स्थायी शान्ति, समृद्धि र विकासको बाटोमा देशलाई लेजान गठबन्धन गरेको प्रतिक्रिया दिएका थिए ।

कांग्रेसलाई माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले ८९ निर्वाचन क्षेत्रमा सघाउने र ७६ क्षेत्रमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई कांग्रेसले सघाउने सहमतिअनुसार सिट बाँडफाँट गरिएको छ ।
नेपाल समाचारपत्र दैनिकबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -