Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३३:४९ दिउँसो
- ADVERTISEMENT -

प्रचण्डका लागि चितवन- ३ भन्दा गोरखा- २ मा चुनाव जित्न सजिलो ।

प्रकाशित मिति: २०७९ असोज १५, शनिबार

920
Shares

गोरखाका माओवादी नेता भन्छन्- उहाँ आउँदा फाइदाजनक छ, जुन क्षेत्रबाट उठे पनि जिताउँछौं

काठमाडौं । सत्ता गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड के गोरखाबाट चुनाव लड्दैछन्? पार्टीभित्रै नेताहरु अन्योलमा देखिएका छन् । डा.बाबुराम भट्टराईले चुनाव नलड्ने मनस्थिति बनाएसँगै गोरखा- २ मा प्रचण्डको चर्चाचलेको छ ।

नेपाली कांग्रेसका नेताहरुले गोरखा- २ मा प्रचण्ड आउने चर्चा चलाएपछि माओवादी पंक्ति पनि तरंगित भएको छ । केही समयअघिगोरखा पुगेर आफू चितवन- ३ मै निर्वाचन लड्ने बताएका थिए ।

पार्टीका स्थानीय समितिहरूले गोरखाबाट आफ्नो नाम सिफारिस गरेपछिको प्रतिक्रियास्वरुप प्रचण्डको यस्तो अभिव्यक्ति आएकोथियो ।

स्थानीय तह निर्वाचनअघि अध्यक्ष प्रचण्ड चितवन छाडेर अन्यत्र सुरक्षित सीट खोजिरहेका थिए भन्नेहरुलाई गोरखामा स्थानीय तहनिर्वाचनले माओवादीलाई दिएको सफलतासँगै प्रचण्डको चर्चा चलेको थियो ।

गठबन्धनको बैशाखी नटेकी चितवनमा जित्ने स्थिति नदेखेका उनका लागि स्थानीय निर्वाचनले भने साहस भर्ने काम गरेको थियो ।

चितवनमा स्थानीय निर्वाचनमा गठबन्धन सफल भएपछि संसदीय निर्वाचनमा झन् सहज हुने उनको अनुमान थियो । त्यही कारण गोरखापुगेर फेरि चितवन- ३ मा नै लड्ने अभिव्यक्ति दिएका थिए ।

पछिल्ला केही दिनयता स्थिति फेरिएको छ । गठबन्धनको बलियो सहयात्री कांग्रेसभित्रको विवादले आकार लिँदै गएको छ । जसकोअसर आफूतिर नै सोझिन थालेपछि प्रचण्ड स्वयंले चितवन- ३ को विकल्प खोज्न थालेको चर्चा चले पनि माओवादी चितवनका अध्यक्षआरसी अधिकारीले भने अध्यक्षले चितवनबाटै चुनाव लड्ने बताएका छन् ।

यद्यपि गोरखा- २ प्रचण्डलाई नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नै सहज पारिदिएका छन् । भट्टराई आफैंलेप्रत्यक्ष नलड्ने मनस्थितिमा पुगेको बताएपछि उनको रिक्त सीट गोरखा- २ मा प्रचण्ड लड्नुपर्ने माग स्थानीय कार्यकर्ताले गर्न थालेकाछन् ।

अध्यक्ष प्रचण्ड हार्न नहुने त्यसका लागि एक्लै लड्दा पनि सुरक्षित हुने सीटमा नै लड्नुपर्ने कार्यकर्ताको जोडबल छ । यस्तै सहज जीतहुने सीटमा नै लड्दा अध्यक्षले देशभरका निर्वाचनमा सहभागी हुन पाउने भन्दै गोरखा- २ मा नै लड्नुपर्ने कार्यकर्ताको तर्क छ ।

प्रचण्डले चितवन नछाड्ने भने पनि गोरखा- २ चितवनभन्दा धेरै सहज मानिएको छ उनको जीतका लागि । माओवादी एक्लै जित्ने सोक्षेत्रमा बाबुराम समेत थपिएपछि कांग्रेसको समर्थन नै नभए पनि प्रचण्ड सहज जित्ने अवस्था छन् ।

त्यसो त चितवनको जनमत स्वीङ हुनसक्ने खालको छ । स्वतन्त्र उम्मेदवारहरु तथा एमाले राप्रपा फ्याक्टरका साथै कांग्रेसकै भुईंकटहरसमूहसमेत सक्रिय रहेकाले चितवनभन्दा गोरखा प्रचण्डका लागि जोखिममुक्त क्षेत्र रहेको नेताहरु बताउँछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -