Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:२०:१५ बिहान
- ADVERTISEMENT -

रुसले आज युक्रेनका चार वटा भू–भाग गाभिएको औपचारिक घोषणा गर्दै

प्रकाशित मिति: २०७९ असोज १४, शुक्रबार

234
Shares

रुसले आज युक्रेनका चार वटा भू–भाग गाभिएको औपचारिक रुपमा घोषणा गर्ने तयारी गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लुहान्स्क, डाेनेट्स्क, जापोरिजिया र खेअर्सनलाई औपचारिक रूपमा आफूमा गाभिएको घोषणा गर्न लागेको बीबीसीले जनाएको छ ।

राजधानी मस्कोको रेड स्क्वायरमा घोषणा कार्यक्रमका लागि मञ्च तयार पारिएको छ । यसअघि भएको जनमत सङ्ग्रहमा ती क्षेत्रका धेरैजसो नागरिकले रुसमा गाभिने पक्षमा मत दिएका रुसी अधिकारीले दाबी गरेका छन् । रुसको पछिल्लो कदमले सन् २०१४ मा क्राइमियालाई आफूमा गाभ्ने कदमको झल्को दिएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो जनमत सङ्ग्रहको कुनै अर्थ नभएको र त्यसले वास्तविकतालाई परिवर्तन गर्न नसक्ने बताउनुभएको छ ।

अमेरिका, युरोपेली सङ्घलगायत पश्चिमा शक्तिले क्राइमियाको जस्तै यो पटकको जनमत सङ्ग्रहलाई पनि अवैधानिक घोषणा गरिसकेका छन् । अमेरिकाले रुसमाथि थप प्रतिबन्धहरू लगाउने जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनी भू–भागमा गरेको दाबीलाई कहिल्यै पनि मान्यता नदिने स्पष्ट पार्नु भएको छ ।

यसअघि संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टाेनियो गुटेरेसले पनि रुसलाई युक्रेनी भू–भाग विलयको योजनाबाट पछि हट्न आग्रह गर्नुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -