Opens in a new tab
२०८३ मंसिर ३, बुधबार
८:३४:२१ राति
- ADVERTISEMENT -

चितवनमा सूचीकृत नभएका धानमा दाना नलाग्ने समस्या

प्रकाशित मिति: २०७९ असोज ११, मंगलबार

358
Shares
sdr

चितवन जिल्लाका किसानले सरकारले सूचीकृत नगरेको धान लगाउँदा धान पसाएर पनि दाना नलाग्ने समस्या देखिएको छ । 

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई चितवनका प्रमुख धनबहादुर थापा मगरका अनुसार पश्चिम चितवनमा यो समस्या देखिएको हो ।

उनले भने, ‘सूचीकृत नभएका धान र २५ वर्ष पुराना धानको जात लगाउने गर्दा धान पसाए पनि दाना नलाग्ने समस्या देखिएको छ ।’ अहिले जिल्लामा सावित्री धान र भारतबाट आयातित चन्दन धानमा समस्या देखिएको हो ।

चन्दन धान सरकारको सूचीकृत धान नरहेको उनले जानकारी दिए ।

थापाका अनुसार जिल्लामा लगाइएको धानको ३० प्रतिशतमा समस्या देखिएको हो । कीराको समस्यासँगै धानमा दाना नलाग्ने समस्या देखिएको हो । सूचीकृत नभएका जात जिल्लाका विभिन्न एग्रोभेटले किसानसम्म पुर्‍याउँदा समस्या आएको उनले बताए ।

धान पसाउने समयमा पानी पर्दा परागसेचन समेत हुन नसकेका कारण धान पसाए पनि दाना लाग्न नसकेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा यस वर्ष धान उत्पादनमा कमी आउने अनुमान गरिएको छ ।

जिल्लामा उत्पादनमा १०–१५ प्रतिशत गिरावट आउने अनुमान गरिएको थापाले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.26
149.86
EUR
European Euro
1
164.12
164.78
GBP
UK Pound Sterling
1
196.90
197.69
CHF
Swiss Franc
1
178.07
178.79
AUD
Australian Dollar
1
100.49
100.89
CAD
Canadian Dollar
1
104.42
104.84
SGD
Singapore Dollar
1
115.86
116.32
JPY
Japanese Yen
10
9.39
9.43
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.78
39.94
QAR
Qatari Riyal
1
40.95
41.11
THB
Thai Baht
1
4.41
4.43
AED
UAE Dirham
1
40.64
40.80
MYR
Malaysian Ringgit
1
36.46
36.61
KRW
South Korean Won
100
11.17
11.22
SEK
Swedish Kroner
1
14.78
14.84
DKK
Danish Kroner
1
21.95
22.04
HKD
Hong Kong Dollar
1
19.02
19.10
KWD
Kuwaity Dinar
1
483.35
485.30
BHD
Bahrain Dinar
1
395.71
397.30
OMR
Omani Rial
1
387.67
389.23
- ADVERTISEMENT -