Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:५८:५४ बिहान
- ADVERTISEMENT -

काठमाडौं महानगर उपप्रमुख डंगोल भन्छिन्– ठगिएको महसुस भए हटलाइन ११८० मा खबर गर्नू

प्रकाशित मिति: २०७९ असोज ११, मंगलबार

483
Shares

दसैँ नजिकिएसँगै काठमाडौं महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । महानगर उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा आजबाट चाडपर्वलक्षित बजार अनुगमन सुरु भएको हो । 

आजै महानगरपालिकाले टुकुचास्थित प्रदर्शनीमार्गमा रहेको तकारी तथा फलफूल बजार तथा खाद्यान्न पसलहरूमा अनुगमन गरेकाे छ । उपेप्रमुख डंगोलका अनुसार महानगरपालिकाले आजै भाटभटेनी सुपर मार्केटमा पनि अनुगमन गरेको छ ।  उपप्रमुख डंगोलको नेतृत्वमा आज तीनवटा समूह बजार अनुगमनमा परिचालन भएका थिए । 

उपप्रमुख डंगोलले कुनै पनि पसलमा सामान किन्न जाँदा उपभोक्ताले ठगिएको महसुस गरेको अवस्थामा वा अखाद्य वस्तु बिक्री गरिरहेको भेटिएमा हटलाइन ११८० र १६६००१०५५११ मा खबर गर्न महानगरवासीलाई अनुरोध गरेकी छिन् । उनले चाडपर्वपछि पनि अनुगमन निरन्तर हुने बताइन् । 

‘हामी यो अनुगमनलाई दसैँअघि र पछि पनि निरन्तरता दिन्छौँ । तपाईंहरूले खबर गरेको आधारमा पनि हामी तत्काल अनुगमन टोली त्यहाँ खटाउँछौँ र आवश्यक कारबाही प्रक्रिया अघि बढाउछौँ,’ उनले भनिन् । 

अनुगमनको क्रममा मिति गुज्रिन लागेका र अरू सामान पनि एकै ठाउँमा राखेको फेला परेको भन्दै उनले त्यस्ता सामान छुट्याएर राख्न आग्रह गरेको जानकारी दिएकी छिन् । ‘म्याद गुज्रिएका सामान भेटिएको अवस्थामा तत्कालै कारबाही गर्छौँ । हामीले अनुगमन त्यहीअनुसार गरिरहेका छौँ,’ नयाँ पत्रिकासँग उपप्रमुख डंगोलले भनिन् । 

उपप्रमुख डंगोलले अनुगमनका क्रममा केही पसलमा बिक्रीका लागि राखिएको प्याकेजिङमा उत्पादन मिति प्रस्टसँग नलेखिएको र हातले पुछ्दा सहजै मेटिने भेटिएको पनि बताइन् । ‘त्यस्तो भेटिएको ठाउँमा हामीले सजग गराउँदै प्याकेजिङमा उत्पादन मिति प्रस्टसँग लेखिएको सामान मात्रै बिक्री गर्न भनेका छौँ,’ उनले भनिन् । 

अनुगमनका क्रममा केही डिपार्टमेन्ट स्टोरले स्थानीय उत्पादनको सामान पनि राखेको भेटियो । ‘उहाँहरूलाई स्थानीय उत्पादन लिँदा उहाँहरूको कम्पनी दर्ता छ कि छैन ? प्यान नम्बर छ कि छैन  हेरेर मात्रै लिन सुझाव दिएका छौँ,’ उनले भनिन्, ‘हामीले अनुगनका सिलसिलामा खाद्यान्नलगायतको मूल्यसूची नियमित ‘अपडेट’ गर्न सुझाव दिएका छौँ । कतिपय ठाउँमा लामो सयमसम्म पनि मूल्यसूची ‘अपडेट’ गरेको देखिएन । हामी त्यस्ता पसललाई सकेसम्म दैनिक नभए पनि दिन बिराएर अनिवार्य ‘अपडेट’ गर्न सुझाव दिएका छौँ । मुख्य गरेर चाडपर्वको समयमा बढी भिडभाड हुने र उपभोक्ता ठगिने भएकाले हामीले चाडपर्वलक्षित अनुगमन सुरु गरेका छौँ ।’ 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -