Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
१०:३९:१६ राति
- ADVERTISEMENT -

हराउँदै गएको पिङ संस्कृति जोगाउँदै नगर प्रमुख साह

प्रकाशित मिति: २०७९ असोज ११, मंगलबार

529
Shares

रौतहट । पिङ बिना दशैं खल्लो हुन्छ । पिङ अनि दशैं एक अर्काका पर्यायवाची जस्तै हुन् । तर विगत केही वर्षदेखि पिङ हाल्ने चलन हराउँदै गइरहेको छ ।

दशैंको सुरुवातसँगै गाउँघरमा पिङ हाल्ने चटारो सुरु भइसकेको हुन्थ्यो तर हिजोआज त्यो चटारोमा कमि भइरहेको छ । केही वर्ष अघिसम्म पनि गाउँघरमा ‘सररर… चचहुई’ भन्दै पिङमा मच्चिन बालबालिकादेखि युवायुवती तथा बुढापाकाहरुमा तछाड् मछाड् हुन्थ्यो तर आजकाल यस्तो दृष्य कमै देखिन्छ ।

युवापुस्ताको यसबारेमा अरुचि तथा डिजिटल दुनियाँमा रमाउने चक्करमा पिङ हाल्ने र खेल्नेतर्फ कमैको ध्यान जान थालेको छ । तर रौतहटको गौर नगरपालिकाले हराउँदै गएको पिङ सस्कृतिलाई जर्गेना गर्ने उद्धेश्यले दुईवटा लिङ्गे पिङ हालेको छ ।

नगरमा रहेको व्यारेक फिल्डमा नगर प्रमुख शम्भु साहको व्यक्तिगत पहल तथा लगानीमा पिङ हालिएको हो । दशैंमा पिङ खेल्नु परम्परागत मौलिक तथा धार्मिक संस्कृति भएकाले यसलाई संरक्षण र प्रवद्धन गर्न आफूले पिङ हालिदिएको नगर प्रमुख साहको भनाइ छ ।

पुराना पुस्ताले बसाएको संस्कृति नयाँ पुस्ताले बिर्सँदै गएकाले उनीहरुलाई पनि यसबारे ज्ञान दिँदै आफ्नो संस्कृति, परम्पराप्रति लगाव जगाउने उद्धेश्य पिङ हालिएको उनले बताए ।

‘हाम्रो मौलिक परम्परा र संस्कृतिको जर्गेना हामी आफैले गर्नुपर्छ र नयाँ पुस्ताले त्यो सिक्दै जानुपर्छ’ उनले भने, ‘दशैंमा खेलिने पिङ हाम्रो धेरै पुरानो संस्कृति हो । यसलाई जोगाइराख्नुपर्छ , त्यसैमा मेरो जोड रहेको छ ।’

नगर प्रमुखको यस्तो कार्यलाई स्थानियले निकै सराहना गरेका छन् । मौलिक संस्कृतिको कम चासो र विदेशी संस्कृतिको मोहको कारण पनि पिङ संस्कृति हराउँदै गएको स्थानीय युवा संतोष पौडेल बताउँछन् ।

गौर नगरपालिकाले पिङ हालेर युवापुस्तालाई आफ्नो मौलिक संस्कृतिको ज्ञान दिन लागेको कार्य सराहनिय भएको भन्दै सबैले पिङ खेलेर मनोरञ्जन लिन पनि आग्रह गरे ।

गौरमा लामो समयदेखि पिङ बन्न छोडेर लोप हुने अवस्थामा पुगेको बेला नगरप्रमुख साहको पहलले गर्दा संस्कृतिको संरक्षण भएको सचारकर्मी विना श्रीवास्तव बताउँछिन् ।

उनले वर्षमा एक पटक खुट्टा माथि उठाएँ धर्ती माता माथिको बोझ एक दिन भएपनि कम हुने मान्यता रहेकाले सबैले पिङ खेल्नुपन बताइन् । नगरप्रमुख साहले जस्तै अन्य स्थानिय सरकारका प्रमुखले पनि यसतर्फ चासो दिए ।

लोपोन्मुख पिङ सस्कृति पुनः जागृत हुने र दशैंसँगै टोलटोलमा ‘सररर… चचहुई’ को आवाज गुन्जयमान हुने विश्वास स्थानियले लिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -