काठमाडौं।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा पाँच मन्त्री र सचिवहरुलाई बोलाएर प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई प्रभावकारी बनाउन मातहतका निकायलाई १२ बुँदे निर्देशन दिएका छन्।
प्रधानमन्त्री देउवाले अर्थमन्त्री जनार्दन शर्मा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठलाई बोलाएर छलफल गरेपछि निर्देशन दिएका हुन्।








































