- ADVERTISEMENT -

नयाँ बसपार्कमा गैंडाको खाग, महिला र पुरुष पक्राउ

September 26, 2022
178
Shares
- ADVERTISEMENT -

राजधानीको नयाँ बसपार्क नजिकैको गेष्ट हाउसमा गैंडाको खागसहित दुई जना पक्राउ परेका छन् । टोखा नगरपालिका–९ मा रहेको न्यू रुकुम गेष्ट हाउसबाट खागसहित एक युवक र एक महिला पक्राउ परेका हुन् ।

दोलखाको गौरी शंकर गाउँपालिका–४ स्थायी घर भएका २४ वर्षीय प्रकाश खत्री र रुकुम उत्तर गंगा गाउँपालिका–८ का ३९ वर्षीया प्रेमकुमारी घर्ती पक्राउ परेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

उनीहरुले उक्त होटेलमा गैंडाको खाग लुकाएको अवस्थामा प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले एक थान गैंडाको खाग बरामद गरेको हो ।

बरामद खागसहित उनीहरु दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान तथा कारबाहीका निम्ति डिभिजन वन कार्यालय, हात्तिसार पठाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -