- ADVERTISEMENT -

हङकङमा संगठित अपराधविरुद्धको अपरेसनमा ३१५ जना समातिए

September 26, 2022
431
Shares
- ADVERTISEMENT -

हङकङ प्रहरीले कालोधनविरुद्धको अपरेसनमा ३१५ जना मानिसहरुलाई पक्राउ गरेको छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार संगठित अपराधविरुद्धको अपरेसनको क्रममा उनीहरु पक्राउ परेका हुन्। उनीहरुको साथबाट स्रोत नखुलेको ४लाख ६० हजार हङकङ डलर नगद, ४ लाख १० हजार नक्कली नोटका साथै १० किलो लागूऔषधसमेत बरामद गरिएको छ। 

- ADVERTISEMENT -

Advertisement

गत बिहीबार सुरु गरिएको उक्त अपरेसनको क्रममा पक्राउ पर्नेहरु १५ देखि ८७ वर्ष उमेरसमूहका मानिस छन्। पक्राउ पर्नेहरुमाथि दुर्व्यवहार, आगलागी, पैसा असुली, नक्कली नोटको कारोबार, आगू औषध तस्करीलगायतका आरोप छन्। 

प्रहरीले उनीहरुको साथबाट १.१ टनको तस्करी गरेर ल्याइएको फ्रोजन मासु पनि बरामद गरेको छ। प्रहरीका अनुसार अहिले पनि कानुन कार्यान्वयनको लागि चलाइएको यो अपरेसन जारी छ।

यद्यपि प्रहरीले अब कुन कुन स्थानमा छापा मार्न लागेको हो भन्ने विषयमा भने कुनै जानकारी दिएको छैन। 

प्रहरीले अवैधरुपमा सहरमा असुली गर्ने र कालोधन नियन्त्रण गर्ने यो अपरेसनको लक्ष्य रहेको बताएको छ। प्रहरीका अनुसार यस वर्षको सुरुवाती ६ महिनामा ३१ हजार ४३४ अपराध भएका छन्।

एक वर्षअघिको तुलनामा १.८ प्रतिशतले धेरै हो। जसमध्ये ८५१ अपराध संगठित समूहबाट भएको थियो। संगठित समूहबाट हुने अपराध पनि बढेको छ। 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -