Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
१०:५८:१२ बिहान
- ADVERTISEMENT -

आजदेखि सवारी साधनका लागि लगाइयो ५ नियम

प्रकाशित मिति: २०७९ असोज ९, आइतबार

640
Shares

काठमाडौं- काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दुरीका सवारी साधनले आजदेखि अनिवार्य यान्त्रिक परीक्षण गराउनु पर्ने भएको छ । दशैंको समयमा सम्भावित दुर्घटना रोक्ने उद्देश्यले सवारी साधनको यान्त्रिक परीक्षण अनिवार्य गरिएको हो ।

यस्तै सरकारले आजदेखि बीमा नगरेका यात्रूवाहक गाडी संचालनमा पनि रोक लगाएको छ । सरकारले बीमा नहुँदा सडक दुर्घटनाका घाइतेको उपचार र मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहयोगमा समस्या देखिएको भन्दै यातायात व्यवसायीलाई निर्देशन दिएको हो । त्यसको कडाइकासाथ अनुगमनका गर्न यातायात व्यवस्था विभागलाई जिम्म दिइएको छ ।

यसैगरि लामो दुरीका सवारी साधनमा दुईजना चालक अनिवार्य राख्नुपर्ने, सवारी साधनमा सरोकारवालाको फोन नम्बर यात्रुले देख्ने गरी राख्नुपर्ने, टाइम कार्ड पालना गर्नुपर्ने र गाडीमा झुण्डिएर र छतमा बसेर यात्रा गर्न नपाइने व्यवस्था पनि मिलाइएको छ ।

दशै तिहार लगायत ठूला चाडपर्व नजिकिएसँगै सडक दुर्घटना र जनधनको क्षति हुन थालेको भन्दै सरकारले शुक्रबार सहसचिव फणीन्द्रमणि पोखरेलको संयोजकत्वमा सडक दुर्घटना रोकथाम तथा न्यूनिकरण एवं समस्या समाधानका लागि समन्वयन गर्न सात सदस्यीय समिति गठन गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -