- ADVERTISEMENT -

स्पेन स्विटजरल्यान्डसँग पराजित, पोर्चुगलको फराकिलो जित

September 25, 2022
185
Shares
- ADVERTISEMENT -

पछिल्लो समय राम्रो लयमा रहेको स्पेन घरेलु मैदानमा करिब चार वर्षपछि पराजित भएको छ। नेसन्स लिगको ए २ समूहमा स्विटजरल्यान्डले स्पेनलाई पराजित गरे पनि तेस्रो स्थानमा रहेको छ।

सोही समूहको अर्को खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई ४-० ले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो। हारपछि स्पेन भने दोस्रो स्थानमा झर्‍याे।

- ADVERTISEMENT -

Advertisement

खेलमा स्पेनविरुद्ध स्विटजरल्यान्डले २१ औँ मिनेटमा नै म्यानुअल अकान्जीको गोलबाट अग्रता लिएको थियो। तर दोस्रो हाफको ५५ औँ मिनेटमा जोर्डी अल्बाले खेल बराबरीमा ल्याए।

उनले रुवेन भर्गासको पासमा सदुपयोग गरेका थिए। तर ५८ औँ मिनेटमा एकान्जीकै पासलाई सदुपयोग गर्दै ब्रिल इम्लोले खेलमा स्विटजरल्यान्डलाई २-१ को अवस्थामा पुर्‍याए।

ला रोजाले २२ खेलपछि पहिलाे घरेलु हार भोग्यो। यसअघि २०१८ मा भएको नेसन्स लिगका दौरान इंग्ल्यान्डसँग ३-२ ले हारेयता स्पेन लगातार जित निकाल्दै आएको थियो। स्विटजरल्यान्डसँग भने २००३ पछि पहिलो पटक पराजित भयो।

पोर्चुगलले भने एकतर्फी खेलमा चेक रिपब्लिकमाथि ४-० को सहज जित निकाल्यो।पोर्चुगलको जितमा डियोगो डालोटले २ गोल गरेका थिए।

जितसँगै पोर्चुगल समूहमा शीर्ष स्थानमा रह्यो। अब समूह बिजेताका लागि पोर्चुगलले स्पेनको सामना गर्ने छ। पोर्चुगलका लागि थप गोल ब्रुनो फर्नान्डेस र डियोगो जोताले गरेका थिए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -