Opens in a new tab
२०८३ मंसिर ३, बुधबार
२:१४:५५ दिउँसो
- ADVERTISEMENT -

बैठकमै भनाभनपछि देउवा र गगनबीच पानी बाराबार

प्रकाशित मिति: २०७९ असोज ७, शुक्रबार

258
Shares

काठमाडौं, ७ असोज । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच पानी बाराबारको अवस्था सिर्जना भएको छ । सत्ता गठबन्धनबीच सिट बाँडफाँटको विषयलाई लिएर सभापति देउवा र महामन्त्री थापाबीच केही समय पहिले बैठकमै भनाभनको अवस्था भएको थियो ।

थापाले सुरुदेखि नै कांग्रेस १०० सिटबाट तल झरे पार्टीलाई ठूलो नोक्शान हुने र पार्टीभित्र आन्तरिक विद्रोह हुने चेतावनी दिएका छन् । तर, सभापति देउवाले भने गठबन्धनकै कारण पार्टी बलियो भएको र सरकारको नेतृत्व गर्न पाएको भन्दै गठबन्धनमा आवद्ध दललाई अपमान गरेर जान नसकिने भन्दै ८६ सिटमा सम्झौता गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

तर, थापाले भने ८६ सिटमा कुनैपनि हालतमा मान्न नसकिने अडान लिएका थिए । बैठकबारे जानकार कांग्रेस स्रोतको दाबी छ, “सभापतिज्यू र महामन्त्रीज्यूबीच भनाभन नै भयो, सिटको बारेमा महामन्त्रीज्यूले १०० सिटको अडान लिनुभएको थियो, सभापतिले कांग्रेसले मात्रै यत्रो लिएर हुन्छ ? तपाईँहरु मिल्ने कुरा गर्नुहोस भन्दै पड्किनुभयो । अहिले सभापति र महामन्त्री थापाबीच पानी बाराबारको अवस्था छ । बोलचाल नै बन्द भयो ।”

आज शेखर कोइराला पक्षधर नेताहरुको छुट्टै भेला बसेको छ । सभापतिले अन्याय गर्न खोजेको भन्दै शेखर पक्षधर नेताहरुले छुट्टै भेला आयोजना गरेर सभापतिमाथि दबाब बढाएका छन् । उनीहरुले चुनावमा आफ्नो पक्षका नेतालाई सकेसम्म धेरै टिकट दिलाउन कसरत थालेका छन् । शेखर पक्षको भेला स्वयम्भूमा बसेको छ ।

रिपोर्टर्सनेपालडटकम बाट साभार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.26
149.86
EUR
European Euro
1
164.12
164.78
GBP
UK Pound Sterling
1
196.90
197.69
CHF
Swiss Franc
1
178.07
178.79
AUD
Australian Dollar
1
100.49
100.89
CAD
Canadian Dollar
1
104.42
104.84
SGD
Singapore Dollar
1
115.86
116.32
JPY
Japanese Yen
10
9.39
9.43
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.78
39.94
QAR
Qatari Riyal
1
40.95
41.11
THB
Thai Baht
1
4.41
4.43
AED
UAE Dirham
1
40.64
40.80
MYR
Malaysian Ringgit
1
36.46
36.61
KRW
South Korean Won
100
11.17
11.22
SEK
Swedish Kroner
1
14.78
14.84
DKK
Danish Kroner
1
21.95
22.04
HKD
Hong Kong Dollar
1
19.02
19.10
KWD
Kuwaity Dinar
1
483.35
485.30
BHD
Bahrain Dinar
1
395.71
397.30
OMR
Omani Rial
1
387.67
389.23
- ADVERTISEMENT -