काठमाडौँ – साताको दोस्रो दिन सोमबार सेयर बजार बन्द हुनेछ।
संविधान दिवस परेकाले सरकारले सार्वजनिक बिदा दिएसँगै सेयर बजार पनि बन्द हुने नेप्सेले जनाएको छ
मंगलबार बिहान ११ बजेदेखि नियमित कारोबार खुल्नेछ। यसअघि आइतबार नेप्से सूचक ३३.९७ अंक घटेर १८७६ बिन्दुमा कायम थियो।
जसमा कुल एक अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।








































