काठमाडौँ / आइतबार सुनचाँदीको मूल्यमा पुनः वृद्धि भएको छ । गत साता गिरावट आएको बजार यस साताको शुरुवातमै बढेको हो । शुक्रबारको तुलनामा आज सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ९१ हजार ५०० रुपैयाँ रहेको छापावाल सुनको भाउ आज आइतबार बढेर ९१ हजार ८०० रुपैयाँ पुगेको हो ।
त्यस्तै, यसअघि प्रतितोला ९१ हजार रुपैयाँ रहेको तेजावी सुन आज आइतबार बढेर ९१ हजार ३०० रुपैयाँ पुगेको छ ।
यता, चाँदीको भाउ समेत आज बढेको महासंघले जनाएको छ । गत शुक्रबार प्रतितोला एक हजार १७० रुपैयाँ रहेको चाँदीको भाउ आज एक हजार १८५ रुपैयाँ पुगेको हो ।








































