Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:१०:१२ बिहान
- ADVERTISEMENT -

छिट्टै नेपाल आउँछु भनेका सन्दीप अझै आएनन्, एयरपोर्टमा प्रतीक्षा गर्दै प्रहरी

प्रकाशित मिति: २०७९ भदौ २९, बुधबार

258
Shares

बलात्कार आरोपमा उजुरी परेपछि जिल्ला अदालत काठमाडौं नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको बुधबार एक हप्ता बितिसकेको छ । प्रहरी परिसर काठमाडौंमा एक किशोरीले आफूमाथि बलात्कार भएको भन्दै लामिछानेविरुद्ध उजुरी दिएको तीन दिनपछि गत बिहीबार जिल्ला अदालतलृ पक्राउ पुर्जी जारी गरेको थियो । 

अदालतले पक्राउ पुर्जी जारी गरेपछि गत शुक्रबार जमैकाबाटै लामिछानेले सामाजिक सञ्जालमार्फत आफू नेपाल फर्किने बताएका थिए । उनले नेपाल आउने बताएपछि अध्यागनमन विभागले पनि उनलाई कालो सूचीमा राख्यो । नेपाल आउनासाथ पक्राउ गर्ने तयारीका साथ उनलाई कालो सूचीमा राखिएको थियो । तर, बुधबारसम्म उनी नेपाल आएनन् । 

सन्दीप आफैँ नेपाल नफर्केपछि प्रहरी अहिले उनलाई विमानस्थलमा कुरेरै बसेको छ । उनी आफैँ नआएसम्म प्रहरीले हालका लागि उनलाई पक्राउ गर्ने कुनै उपाय छैन । नेपाल प्रहरीका सहायक प्रवक्ता एसएसपी दानबहादुर कार्की भन्छन्, ‘अहिले नै रेडकर्नर नोटिस जारी अवस्था छैन । यसका धेरै प्रक्रिया पूरा गर्नुपर्छ ।’ उनका अनुसार जिल्ला अदालतमा अभियोजन नभएसम्म रेडर्कनर नोटिस जारी हुँदैन । 

प्रहरीले अहिले घटनाबारे अनुसन्धान गरिरहेको उनले जानकारी दिए। घटना अनुसन्धानमै रहेकाले धेरै विषय सार्वजनिक गर्न नमिल्ने उनले बताए । 

केन्यासँगको द्विपक्षीय सिरिज खेल्न त्यसतर्फ जानुअघिल्लो दिन लामिछानले एक किशोरीलाई नगरकोट घुमाएर तीनकुनेस्थित एक होटलमा लगेर बलात्कार गरेको आरोप छ । तर, लामिछानले सामाजिक सञ्जालमार्फत आफू निर्दोष रहेको जिकिर गर्दै आरोपको सामना गर्ने बताएका थिए । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -