Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५२:२३ बिहान
- ADVERTISEMENT -

राजनीतिक नेतृत्व हस्तान्तरण आवश्यक छ : राजेन्द्र लिङ्देन

प्रकाशित मिति: २०७९ भदौ २९, बुधबार

223
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक नेतृत्व हस्तान्तरण बिना परिवर्तन र विकास सम्भव नभएको टिप्पणी गरेका छन् । राप्रपाले आज बेनीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै लिङ्देनले नेपालको अवस्था र व्यवस्थामा परिवर्तन गर्न नेतृत्व हस्तान्तरण प्रमुख राजनीतिक मुद्दा बनाउनुपर्ने बताए । 

“धेरै पटक अवसर पाइसकेका र परीक्षण भइसकेका नेतृत्वबाट देशको समस्या समाधानको सम्भावना छैन”, उनले भने, “पुराना नेतृत्वसँग सुध्रने र सक्किने मात्र विकल्प बाँकी छ । असफल नेतृत्वलाई अवसर दिँदा नागरिकले दुःख पाएका हुन् ।” राप्रपाको पछिल्लो महाधिवेशनबाट नेतृत्व हस्तान्तरणको थिति बसाएको बताउँदै लिङ्देनले गत स्थानीय तह चुनावमा धरान र काठमाडौँका नागरिकले ठूला दलको विकल्प रोजेर सच्चिने सन्देश दिएका बताए ।

कार्यक्रममा राप्रपाका नेता भीमप्रसाद गौचन, जगतप्रसाद गौचनलगायतले पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहितको व्यवस्था, पहिचानका लागि धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -