Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३९:०९ बिहान
- ADVERTISEMENT -

गठबन्धनको नाममा लोकतन्त्र धरापमा पार्न खोजिदैछ : अध्यक्ष लिङ्देन

प्रकाशित मिति: २०७९ भदौ २८, मंगलबार

254
Shares

कुश्मा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले शीर्ष दलहरु नसुध्रिएसम्म मुलुक समृद्ध नबन्ने बताएका छन् । 

पर्वत सदरमुकाम कुश्माबजारमा मंगलबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राजनीतिक दलका गलत क्रियाकलापहरुले नै मुलुक समस्यामा पर्दै गएको बताए । 

उनले भ्रष्टाचार र अनियमितता मौलाउँदै गएको प्रति चिन्ता व्यक्त गर्दै शीर्ष दलहरुले भ्रष्टाचारलाई संस्थागत गर्दै लगेको समेत आरोप लगाए । 

अध्यक्ष लिङ्देनले कांग्रेस, एमाले, माओवादीले तीस वर्षभन्दा बढि शासन गरेपनि नयाँ शब्द बाहेक काममा नयाँपन ल्याउन नसकेको बताए ।  

‘ठूला दलहरुसँग न मुलुक बनाउने स्पष्ट खाका छ, न रोजगारी सिर्जना, कलकारखाना संचालन, बढ्दो युवा पलायनदर घटाउने कुनै योजना छैन,’ अध्यक्ष लिङ्देनले भने,‘जबसम्म निर्वाचनमार्फत् ठूला दलहरु पराजित हुँदैनन् तबसम्म यहि अवस्थाले निरन्तरता पाइरहन्छ ।’ 

ठूला दलहरुको पार्टी कार्यालय र कार्य समिति मात्र फरक रहेको तर भ्रष्टाचार गर्ने र देशलाई लुट्ने बेला एउटै दलजस्तै हुनेगरेको बताए । 

उनले गठबन्धनको नाममा मुलुकको अस्तित्व समाप्त पार्ने र लोकतन्त्र धरापमा पार्न खोजिएको आरोप समेत लगाए । नीति, विचार र सिद्धान्त नमिल्ने दलहरु एक ठाउँमा उभिनु भनेको मिलिजुली खानका लागि बाहेक मुलुकका हितका लागि केहि उपलब्धी नहुने बताए । 

‘ जति शासन गरेपनि एक हजार जना युवायुवतीले रोजगारी पाउने ठाउँ खोल्न सकेका छैनन्, दैनिक हजारौंको संख्यामा युवायुवती विदेसिन बाध्य छन्,’ उनले भने ‘मुलुक विदेशीहरुको चंगुलमा फसाउने र लम्पसार पर्ने बाहेक केहि हुन सकेको छैन ।’ 

उनले आगामी मंसिर ४ गतेको निर्वाचनमा राप्रपालाई मत दिएर पहिलो दल बनाउन आग्रह गरे । मुलुकको समृद्धि र विकासको स्पष्ट खाकासहित भ्रष्टाचार र अनियमितताको विरुद्धमा आफ्नो पार्टी निरन्तर लागि परेको बताउँदै आगामी निर्वाचनमा मत दिएर बिजयी बनाउन समेत उनले आग्रह गरे । 

अध्यक्ष लिङ्देनले यसअघि पर्वतको मोदी गाउँपालिकामा राप्रपाको पालिका स्तरीय कार्यालयको उद्घाटन समेत गरेका थिए । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -