टोकियो/जापान। लामो समयदेखि जापानबाट नेपाल लगायत विश्वका अधिकांस देशहरुमा रेमिट सेवा प्रदान गर्दै आइरहेको फोरेक्स जापान( FOREX JAPAN )ले आउँदै गरेको दसैँ/तिहार तथा छट पर्वको अवसरमा विशेष उपहार योजनाहरु सार्वजनिक गरेको छ ।
फोरेक्स जापानले यि ठूला नेपाली चाडपर्वहरुको अवसमा जापानमा रहेका नेपालीहरुसंगै सहकार्य गरि मनाउने उदेश्य सहित बिगतका वर्षहरुजस्तै यो वर्ष पनि “,दसैँ/तिहार र छठको बहार छायो रेमिट गर्दा उपहारै उपहार पायो” भन्ने स्लोगन सहित साप्ताहिक र बम्पर उपहार योजनाहरु सार्वजनिक गरेको हो।

आईताबार,टोकियोको कामता स्थित फोरेक्स जापानको मूख्य कार्यलयमा आयोजित उपहार योजना सार्वजनिक कार्यक्रममा बताईए अनुसार यो बम्पर उपहार योजना यहि सेप्टेम्बर १२ तारिखदेखि अक्टोबर ३० तारिखसम्म फोरेक्स जापानबाट पैसा पठाउने ग्राहकहरुको हकमा लागु हुनेछ । यस बम्पर योजनामा १ जनाले आईफोन १४ प्राप्त गर्नेछन भने साप्ताहिक योजना अन्तर्गत ३५ जना( योजना अवधीभर हरेक साता ५ जना)ले वायरलेस चार्ज प्राप्त गर्नसक्नेछन् ।

फोरेक्स जापानका कर्मचारी बाबुराम पौडेलका अनुसार, बम्पर योजनासंगै फोरेक्सले यहि सेप्टेम्बर १ तारिखदेखि नै,फोरेक्सको कामता अफिसमा गई रेमिट्यान्स गर्ने ग्राहकहरु लक्षित गरि हात खाली नजाने उपहार योजना पनि संचालन गरिरहेको छ ।
फोरेक्स जापानको यस उपहार योजना तथा रेमिट्यान्स सेवाका बारेमा थप जानकारीका लागि यो लिंकमा क्लिक गर्नसक्नुहुनेछ।
व्यवसायीक सेवासंगै संस्थागत सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै आइरहेको फोरेक्स जापानले,लामो समयदेखि जापानमा हुने बिबिध सामाजिक गतिविधिहरु, जापानमा रहेका विभिन्न सामाजिक संघ सस्थाले गर्ने सामाजिक कार्यमा सहकार्यसंगै नेपालीहरुका विभिन्न चाड पर्वहरुमा संगसंगै हातेमालो गर्दै आइरहेको छ ।








































