बर्दिया — सदरमुकाम गुलरिया—८ जय बागेश्वरी टोलमा घरमा खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गर्दा एक २० वर्षीय युवक घाइते भएका छन् । सीमावर्ती भारतको कतरनिया वन्यजन्तु आरक्षबाट आएको चितुवाले उनलाई आक्रमण गरेको स्थानीयले बताएका छन् ।
डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी एवं सहायक वन अधिकृत द्रोण शर्माले भेरी गंगा नगरपालिका—१३ जाजरकोट घर भई माइत आएकी रेजिना वलीका छोरा विक्रम शाहीलाई चितुवाले आक्रमण गरेको बताए ।
सोमबार बेलुकी साढे ७ बजे झम्टिन लाग्दा स्थानीयले हो–हल्ला गरेपछि चितुवाले भागेको सूचना अधिकारी शर्माले जनाए । चितुवाबाट आक्रमणमा सामान्य घाइते भएका शाहीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।








































