काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय पार्टी प्रबेश कार्यक्रममा नै व्यस्त छन् । आज पनि अध्यक्ष ओली जनकपुर जाँदैछन् । जनकपुरमा आयोजित पार्टी प्रबेश कार्यक्रममा सम्बोधन गर्न र कांग्रेसका विभिन्न नेताहरुलाई पार्टी प्रवेश गराउन उनी त्यहाँ जान लागेका हुन् ।
उनी बिहान ११ बजे त्यहाँ पुग्ने बताइएको छ । ओलीले कार्यक्रममा नेपाली कांग्रेसका नेता सन्तोषकुमार यादव र पूर्वमन्त्री अरविन्द साहसहितका ५ हजार जना एमालेमा स्वातगत गर्ने बताइएको छ ।








































