काठमाडौँ – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले सत्तारुढ गठबन्धन जनतासँग डराएको आरोप लगाएका छन्।
गठबन्धनका दलहरूलाई आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँट गर्न सकस परिरहेका बेला उनले यस्तो आरोप लगाएका हुन्।
‘गठबन्धनको प्रमको उम्मेदवार को रहेछ? त्यति पनि जनतालाई नभन्ने हो भने यिनीहरू जनतासँग तर्सेकै हुन्,’ बास्कोटाले ट्वीटरमा लेखेका छन्।
गठबन्धनका दलहरू जनतालाई झुक्याउन लागिपरेको उनले बताएका छन्।








































