काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका लागि सीट बाँडफाँड गर्न सत्तारुढ गठबन्धन बैठक निष्कर्ष बिना टुंगिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठक सिट बाँडफाँटको टुंगा लगाउन सकेन।
बैठक भोलि फेरि बस्ने भएको छ।
बैठकमा कार्यदलले बुझाइको प्रतिवेदनमाथि छलफल भएको र सिट बाँडफाँटमा नमिलेका विषयमाथि सहमति खोज्ने प्रयास भएको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिए। कार्यदलले केही कुरा मिलाएको र धेरै विषय मिलाउन बाँकी रहेको उनको भनाइ छ ।
खनालले सोमबार बैठक बसेर अधिकांश विषय टुङ्गो लगााउने जानकारी दिए।
कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा गठन भएको सिट बाँडफाँट कार्यदलले प्रतिवेदन शिर्ष तहमा बुझाएको थियो । तर पटकपटक छलफल हुँदा पनि गठबन्धनले सिट बाँडफाँटलाई अन्तिम रुप दिन सकेको छैन ।








































