काठमाडौं । शाही युवा शक्ति नेपालको अगुवाइमा राजतन्त्र पुनःस्थापनको माग गर्दै धर्ना दिइएको छ । शनिबार नारायणहिटी दरबार संग्रहालय अगाडि राजतन्त्र पुनः स्थापनाको माग गर्दै प्रदर्शन एवं धर्ना दिइएको हो ।
प्रदर्शनकारीले ‘गणतान्त्रिक व्यवस्था खारेज गरौँ’, ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘राजतन्त्र जिन्दावाद’, ‘हिन्दुराष्ट्र कायम गर्’, ‘राजा आऊ देश बचाऊ’, ‘राजा–जनता एक हौँ’, ‘भ्रष्ट नेता मुर्दावाद’लगायत नारा लगाएका थिए ।
उनीहरूले नागरिकता विधेयक अहिले जबर्जस्ती ल्याइएको भन्दै त्यो विधेयक राष्ट्रघाती भएकाले समर्थन गर्न नसकिने बताए ।
उनीहरूले अहिले विदेशीको इसारामा देश लुट्ने शासन चलिरहेको भन्दै आपत्ति जनाए ।








































