Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:५७:१८ बिहान
- ADVERTISEMENT -

महिला साफः बंगलादेशको फराकिलो जितमा सविनाको ह्याट्रिक

प्रकाशित मिति: २०७९ भदौ २५, शनिबार

337
Shares

काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपमा बंगलादेशले लगातार दोस्रो जित दर्ता गरेको छ । 

उसले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा समूह ‘ए’ अन्तर्गत आज सम्पन्न खेलमा पाकिस्तानलाई ६–० ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो ।

बंगलादेशलाई फराकिलो जित दिलाउन कप्तान सविना खातुनले ह्याट्रिक पूरा गर्दा मोनिका चक्मा, मोसामद सोप्ना र ऋतु चम्माले समान १ गोल गरे ।

खेलको तेस्रो मिनेटमै मोनिकाले टोलीलाई अग्रता दिलाएकी थिइन् । २८औं मिनेटमा मोसामदले बंगलादेशको अग्रतालाई दोब्बर पारिन् ।

३१ र ३५औं मिनेटमा सविनाले गोल गर्दा टोलीले पहिलो हाफमै ४–० को आरामदायी अग्रता लिएको थियो । 

५८ औं मिनेटमा सबिनाले ह्याट्रिक पूरा गरेपछि बंगलादेश ५–० ले अघि बढ्यो । ७६ औं मिनेटमा ऋतुले गोल गर्दै टोलीलाई ६–० को फराकिलो जित दिलाइन् । 

यो जितसँगै दुई खेलमा ६ अंक जोडेको बंगालदेशले सेमिफाइनल सम्भावनालई बलियो बनाउँदा लगातार दोस्रो हार बेहोर्दै अंकविहीन पाकिस्तानीको भने सम्भवना न्यून बनेको छ । 

पहिलो खेलमा बंगलादेशले मल्दिभ्सलाई ३–० ले हराउँदा पाकिस्तानले भारतसँग ३–० कै हार बेहोरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -