काठमाडौं । नेपाल प्रेस युनियनले यस वर्ष देशभर ७३ वटा पत्रकारिता तालिम सञ्चालन गर्ने भएको छ । युनियन केन्द्रीय समितिको बैठकले १० बुँदे जनकपुरधाम घोषणापत्र जारी गर्दै यस वर्ष देशभर ७३ वटा पत्रकारिता तालिम सञ्चालन गर्ने जनाएको हो ।
युनियनले मिडिया काउन्सिल विधेयकका त्रुटिहरु सच्याउन, श्रमजीवी पत्रकारको न्यूनत्तम पारिश्रमिक वृद्धि गर्न तथा समाचार लेखेकै आधारमा पत्रकार पक्राउ नगर्न मागसमेत गरेको छ ।
जनकपुरधाममा सम्पन्न बैठकले युनियनका प्रदेश समितिहरुको अधिवेशन आगामी मंसिर २५ देखि पुस २५ गतेसम्म गर्नेलगायतका निर्णय गरेको युनियनका उपाध्यक्ष नकुल अर्यालले जानकारी दिए ।










































