Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
५:२५:५९ बेलुका
- ADVERTISEMENT -

तारकेश्वर नगरपालिकाले साक्षरता दिवसका अवसरमा एसईई सम्मान तथा पुरस्कार वितरण सम्पन्न

प्रकाशित मिति: २०७९ भदौ २५, शनिबार

489
Shares

२३ भदौ, काठमाडौं । तारकेश्वर नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा २०७८ मा एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । नगरपालिका कार्यालयको आयोजनामा भएको कार्यक्रमका प्रमुख अतिथिमा नगर प्रमुख कृष्णहरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी, प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद घिमिरे, नगर शिक्षा अधिकारी होमनाथ न्यौपाने, वडाअध्यक्षहरु र प्यावसन, एनप्यावसनका पदाधिकारीहरु र सामुदायिक र संस्थागत विद्यालयका प्रिन्सिपलहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा तारकेश्वर नगरपालिकाभित्र सबैभन्दा उत्कृष्ट नतिजा ३.९५ जीपीए ल्याउने सृजना ज्ञानसागरका विद्यार्थी विवश गजुरेललाई प्रथम पुरस्कार सहित सम्मान गरिएको छ । त्यस्तै सामुदायिकको तर्फबाट मानसिंह धर्म मा.वि.का पुरुषोतम प्रजापतिले ३.९० जीपीए प्राप्त गरी प्रथम पुरस्कार सहित सम्मान गरिएको छ । कार्यक्रममा विवश र पुरुषोतमले आफ्नो अनुभूति समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रथम पुरस्कार नगद २०,००० हजार, दृतिय पुरस्कार १० हजार तृतिय पुरस्कार ६ हजार रहेको थियो । यसमा २५ प्रतिशत करकट्टी गरिएको छ । कार्यक्रममा सम्मानित विद्यार्थी र विद्यालयलाई नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत र नगर शिक्षा अधिकारीबाट सम्मान गरिएको थियो ।

तारकेश्वर नगरपालिकामा सामुदायिकतर्फ उत्कृष्ट जीपीए ल्याउनेमा पृथ्वीनारायण मा.वि. पुरस्कृत भएको छ । भने संस्थागत तर्फ उत्कृष्ट जीपीए प्राप्त गर्नेमा हिम रश्मी हाई स्कुल हो जसले ३.२ जीपीए प्राप्त गरेको छ । हिम रश्मी हाई स्कुलले २०७१ देखि नै तारकेश्वरको सबैभन्दा उत्कृष्ट जीपीए ल्याउने विद्यालयको रूपमा पुरस्कृत हुँदै आएको विद्यालय हो । हिम रश्मीले राष्ट्रिय मापदण्डको आधारमा विद्यार्थीहरू सहभागी गराई उत्कृष्ट जीपीए ल्याई तारकेश्वरको उत्कृष्ट नतिजा ल्याउने विद्यालय हो ।

आजको कार्यक्रममा संस्थागत विद्यालयको तर्फबाट लोकेन्द्रबहादुर खड्काले पुरस्कृत गर्दा होलसेलमा भन्दा पनि राष्ट्रिय मापदण्डको आधारमा गरिनुपर्ने बताएका थिए । त्यस्तै सामुदायिक विद्यालयको तर्फबाट नारायण शर्माले नगरपालिकाले यस्ता कार्यक्रम गरेर मनोबल बढाउने कार्यको निरन्तरता दिएकोमा प्रशंशा गरे ।

सामुदायिक विद्यालयहरुमा ५० जनाभन्दा बढि विद्यार्थी सहभागि गराएर  प्रथम हुनेमा पृथ्वीनारायण मा.वि. द्वितीय हुनेमा मानसिह धर्म मा.वि. र तृतिय फुटुङ मा.वि. रहेका थिए ।

५० भन्दा कम विद्यार्थी सहभागी गराएर प्रथम हुनेमा कालिदेवि मा.वि., द्वितीय हुनेमा जितपुर मा.वि., तृतिय हुनेमा मनमैजु मा.वि. परेको छ भने उत्कृष्ठ विद्यालयमा कुञ्चिप्वाकल मा.वि. पुरस्कृत भएको छ ।

संस्थागत विद्यालयहरुमा ५० जनाभन्दा बढि विद्यार्थी सहभागि गराएर प्रथम हुनेमा हिम रश्मी हाई स्कुल, द्वितीय हुनेमा एन्जल्र्स हार्ट मा.वि., र तृतियमा कौशल इङलीस बोडिङ र सृजना ज्ञानसागर मा.वि. रहेका छन् ।

५० भन्दा कम विद्यार्थी सहभागी गराएर प्रथम हुनेमा संस्कृत शिक्षा निकेतन, द्वितीय हुनेमा काठमाडौं लिंकन स्कुल, तृतिय हुनेमा तेजस्वी एकेडेमी मा.वि. र ज्ञानभूमि मा.वि. पर्न सफल भएको छ ।

संस्थागत विद्यालयतर्फ गिनिज पव्लिकबाट छात्रा आयुषा गौतमले ३.९० जीपीए ल्याई दृतिय पुरस्कार पाएकी छिन् । त्यस्तै तृतिय पुरस्कार भने ज्ञानभूमि मा.वि.का अमृता तामाङले पाएकी छिन् ।

सम्मानित संस्थागत विद्यालयहरुमा काठमाडौं लिंकन, कौशल इङलिस बोडिङ स्कुल, लालीगुराँश नेशनल एकेडेमी, एन्जल हार्ट माध्यमिक विद्यालय लगायतका विद्यालय रहेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय नेत्रप्रसाद घिमिरेले ५६ औं अन्तर्राष्ट्रिय दिवसको शुभकामना दिनुभएको थियो । नेपालमा २०३१ सालमा राजा विरेन्द्रले निःशुल्क र अनिवार्य प्राथमिक शिक्षा प्रदान गरि फागुन १२ गतेका दिनलाई राष्ट्रिय साक्षरता दिवस मनाउन थालिएको थियो । शिक्षामा परिवर्तन नगरेसम्म भौतिक पूर्वाधारले मात्र केही हुँदैन । त्यसकारण स्थानीय तहहरुले शिक्षामा ठूलो लगानी गर्नुपर्ने बताउनुभयो । घर, गाडी र जग्गा प्रशस्त हुनेलाई धनीभनिदैन । ज्ञान, सीप र प्रविधिलाई प्रयोग गर्न सक्नेलाई मात्र धनि मानिस भनिन्छ । नगरपालिकाले संस्थागत विद्यालयको नियमन ध्यान दिँदै सामुदायिक विद्यालयको अनुगमन जनप्रतिनिधीबाट हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नगर शिक्षा अधिकारी होमनाथ न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यस्तै नगर प्रमुख कृष्णहरि महर्जन, नगर उपप्रमुख र नगर शिक्षा समिति सदस्य तथा वडा नं. ३ का अध्यक्ष परसुराम अर्यालले सम्मानित विद्यार्थी, विद्यालय र ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शुभकामना दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -