Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
३:१६:४७ दिउँसो
- ADVERTISEMENT -

भुटानले रच्यो इतिहास

प्रकाशित मिति: २०७९ भदौ २५, शनिबार

353
Shares

काठमाडौँ — अन्तर्राष्ट्रिय फुटबलमा पाइला टेकेको १२ वर्षको इतिहासमा पहिलो जित । पहिलोपल्ट एउटै खेलमा एक गोलभन्दा बढी गरेको । विपक्षीलाई गोल गर्न नदिएर ‘क्लिन–सिट’ राखेको पनि पहिलो । यी यस्तै कीर्तिमानको ओइरो लगाउँदै भुटानी महिला राष्ट्रिय फुटबल टिम दशरथ रंगशालामा शुक्रबार श्रीलंकामाथि ५–० को ऐतिहासिक जित रच्दै पहिलोपल्ट साफ महिला च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ ।

‘अन्तर्राष्ट्रिय सहभागितामा पहिलो जित हात पारेका छौं । इतिहास कोरेका छौं । हाम्रो लागि यो धेरै ठूलो उपलब्धि हो,’ प्लेयर अफ द म्याचको अवार्ड हात पारेकी भुटानी मिडफिल्डर सुनीता राईले भनिन् । साफ महिला च्याम्पियनसिप सन् २०१० मा कक्सबजार (बंगलादेश) बाट सुरु भएको थियो । त्यही पहिलो संस्करणबाट भुटानी महिला टिमले अन्तर्राष्ट्रिय फुटबलको यात्रा थालेको थियो । अघिल्ला पाँचै संस्करणमा सहभागी भुटानले १४ खेलमध्ये १३ खेल हारेको थियो भने एक खेल बराबरी गरेको थियो । पहिलो संस्करणमा श्रीलंकाविरुद्ध १–१ को नतिजा नै भुटानको सबैभन्दा ठूलो उपलब्धि थियो । त्यसैले साफमा १६ औं खेलमा आएर भुटानले पहिलो जित दर्ता गरेको हो ।

फिफा वरीयताले भुटान १७६ औं स्थानमा देखाउँछ भने श्रीलंका त्योभन्दा २३ स्थानमाथि (१५३) । तर, वरीयताको त्यो अन्तर कुनै पनि समय मैदानमा देखिएन । महिला फुटबलको विश्वकप खेलेकी दक्षिण कोरियाली प्रशिक्षक होङ क्युङ–सुकले सम्हालेको भुटानी टिमले अहिले आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाविरुद्ध नै ऐतिहासिक जित हात पारेको हो ।

ऐतिहािसक सफलता उनी निकै खुसी देखिइन् । वास्तवमा खेल पनि गोलको अन्तरजस्तै एकतर्फी नै थियो । पूरा समय भुटानी खेलाडीहरू छाइरहे । छोटो–छोटो पास खेल्दै गोलका अवसर निरन्तर सिर्जना गरिरहे । लगभग पूरा खेल नै श्रीलंकाको पेनाल्टी क्षेत्रवरिपरि केन्द्रित भयो । श्रीलंकाले एकपल्ट पनि गोलका सहज अवसर बनाउन सकेन ।

सुनीता, कप्तान वाङमो घले, डेमा नामग्याल सुरुमै गोलको खाता खोल्न चुकेका थिए । सुकमाया घलेले २६ औं मिनेटमा प्रहार गरेको फ्रि–किकमा बल पोस्टमा लागेर फर्केको थियो । तर, ४२ औं मिनेटमा डेमा नामग्यालले ‘१८ यार्ड लाइन’ बाट बल प्रहार गर्दै उत्कृष्ट गोल गरेपछि भुटानले पहिलो हाफमा १–० को अग्रता लियो । उनकै पासमा डेकी लाजोमले ५० औं मिनेटमा अग्रता दोब्बर बनाइन् । उनले पेनाल्टीमार्फत् ६४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् । छिरिङ लादेनले ८५ औं मिनेट र वाङ्मो घलेले ८९ औं मिनेट थप गोल गरेपछि भुटानले ५–० को जित नकालेको हो ।

यो साफको उद्घाटन खेलमा नेपालले भुटानलाई ४–० ले हराएको थियो । तर, दोस्रो खेलमा हात पारको फराकिलो जितसँगै ३ अंक जोडेको भुटान तीन देश रहेको समूह ‘बी’ मा एक खेल बाँकी छंदै अन्तिम चारमा प्रवेश गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -