अमित भट्ट/गोरखा : चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत एमबिबिएस प्रथम वर्षमा अधय्यनरत १० जना विद्यार्थीहरुको टोलिले गो.न.पा १ पुगि नक्साङकन तयार पारेका छन ।

गोनपा १ मा भाद्र ५ गते पुगेको उक्त टोलिले नक्साङकनको काम सुरु गरेको गोनपा-१का वडा अध्यक्ष हिक्मत कुवरले बताउनुभएको छ । आदित्य पौडेल , अमृत थापा क्षेत्रि , अमिशा खनाल , अनुप सुवेदी , डिल्लीराज पाण्डे , द्रोण पौडेल , जगत भट्ट , ललिता पौडेल क्षेत्रि , प्रयास पौडेल र उत्सा मुल्मीको ( समूह – ५ ) टिमले गोनपा १ का विभिन्न ठाउँको अवलोकन गरेका हुन ।

उनिहरुले वडा कार्यालय एवम वडाका स्वास्थय स्वयंसेविकाहरु सङ सम्पर्क गरि छरिएर रहेका घरधुरी साथसाथै गाउँ वस्ती , टोल ,स्वास्थ्य चौकी , विद्यालय , मन्दिर-मस्जिद , खोलानाला एवम सिमानाहरुलाई मध्य नजर राखी नक्साङकन तयार पारेका छन ।

यो नक्साङकनले विद्यार्थीहरुलाई आगामी सामुदायिक स्वास्थ्य निदान अन्तर्गतका कार्यक्रममा सहयोग पुर्याउनुका साथै यश वडा भित्र संचालन हुन सक्ने स्वास्थ्य सम्बन्धि घरदैलो कार्यक्रममा समेत टेवा पुग्ने देखिएको छ ।

भावी दिनहरूमा स्वास्थ्य सम्बन्धि तथ्याङ्क संकलन तथा विश्लेषणका आधारमा गोनपा १ का बुद्धिजीवी तथा स्थानीय सङ सहकार्य गरि समुदाय अनुसारको जनचेतनामूलक कार्यक्रमहरु आयोजना गर्ने काममा पनि पुर्ण प्रतिबद्ध रहेको उपस्थित विद्यार्थीहरुले बताएका छन ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्