- ADVERTISEMENT -

सन्दीप लामिछानेलाई आजै निलम्बन गर्ने तयारी

September 8, 2022
236
Shares
filephoto
- ADVERTISEMENT -

बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बनको तयारी भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई आजै निलम्बनको तयारी गरेको हो । 

क्यान स्रोतका अनुसार आजै उनलाई क्रिकेट कप्तानसहितका खेलकुद गतिविधिबाट निलम्बनको तयारी भएको छ । १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप सन्दीपमाथि छ । उनीविरुद्ध प्रहरी वृत्त गौशालामा मंगलबार उजुरी परेको थियो । 

- ADVERTISEMENT -

Advertisement

सन्दीपविरुद्ध आजै पक्राउ पुर्जी जारी गर्ने तयारी भएको प्रहरीले जनाएको छ । हाल सन्दीप क्यारेबियन लिग खेल्नका लागि वेस्ट इन्डिजमा छन् ।
 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -