Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
९:०७:५७ बिहान
- ADVERTISEMENT -

दशैंलाई नयाँ नोट, कहिलेदेखि पाइन्छ साट्न ?

प्रकाशित मिति: २०७९ भदौ २२, बुधबार

288
Shares

यसपटक २९ भदौदेखि सर्वसाधारणले दसैंलगायत चाडपर्वका लागि नयाँ नोट साट्न पाउने नेपाल राष्ट्र बैंंकले जनाएको छ । विशेषत: दसैंमा नयाँ नोटको प्रचलन रहेका कारण पनि हरेक वर्षझैं यसपटक पनि राष्ट्र बैंंकले सर्वसाधारणलाई काठमाडौं उपत्यकामा २९ भदौ र उपत्यकाबाहिर २ असोजदेखि नयाँ नोट साट्न सक्ने व्यवस्था गरेको हो ।


२६ भदौदेखि बैंक तथा वित्तीय संस्थाहरूले नयाँ नोट पाउने अनि सर्वसाधारणले उपत्यकामा २९ भदौ तथा उपत्यका बाहिर २ असोजबाट नयाँ नोट सटही गर्न सक्ने राष्ट्र बैंंकले जनाएको छ ।


सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा पाउने छन् । जसमा ५, १०, २०, ५० र १०० रुपैयाँसम्मका नोट एक/एक वटा बन्डल हुने गरी १८ हजार ५०० रुपैयाँको सीमा गत वर्ष पनि तोकिएको थियो ।


नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयका साथै बैंक तथा वित्तीय संस्थाहरुका विभिन्न शाखा कार्यालयमा गएर पनि नयाँ नोट साट्न सकिन्छ । राष्ट्र बैंकसँग साना दरका १० अर्बभन्दा बढी नयाँ नोट मौज्दात रहेको छ । गत वर्ष ८ अर्बको नयाँ नोट सटही भएको भए पनि यस वर्ष डिजिटल पेमेन्टको प्रवृत्ति बढेका कारण कम माग हुने राष्ट्र बैंंकको अनुमान छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गत साता अर्थ समितिमा बोल्दै पेमेन्टसँग सम्बन्धित कुरामा डिजिटल कारोबारको कोभिड अगाडि र पछाडि आकाश–जमिनको फरक रहको बताएका थिए । उनका अनुसार कोभिड अगाडि क्युआर पेमेन्ट भन्ने नेपालमा तथ्यांक नै थिएन, टेक्नोलोजीमात्रै आएको थियो ।

तर, गत असार एक महिनामा मात्र ४२ लाख वटा कारोबार क्युआरबाट मात्रै भएको छ, जसमा १५ अर्बको कारोबार भएको छ । यसका साथै कनेक्ट आईपीएस, आईपीएस डिजिटल पेमेन्ट, वालेट माध्यमहरुको प्रयोग व्यापक रहेको पनि उनको भनाइ थियो । यसका साथै नेपालले डिजिटल कारोबारमा ठूलो फड्को मारेको भन्दै उनले विश्वमा यति छिटो डिजिटल कारोबारमा यति ठूलो परिर्वतन नभएको बताएका थिए । “तर, यसभित्र विभिन्न किसिमका जोखिमहरु छन्,” उनले भने, “विदेशमा कार्डमार्फत पेमेन्ट गर्ने विषयमा समन्वय नभएको हुनसक्छ । कार्डमा भएको पैसामा विदेशमा पेमेन्ट गर्न सीमा छैन ।”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -