काठमाडौं, भदौ २१ । बागमती प्रदेश श्रम तथा यातायात मन्त्रालयले असोज १ गतेदेखि सवारी चालक अनुमतिपत्र परिक्षा निर्देशका२०७७ कार्यान्वयनमा ल्याउने भएको हो ।
निर्देशिका बनेको झन्डै दुई बर्षपछि कार्यान्वयनमा आउने भएपछि अ ७० अंक प्रणाली लागु हुने भएको छ । गत साउन दोस्रो सातादेखिगर्न सातै प्रदेशका यातायात मन्त्रीबीच अंक प्रणाली लागु गर्ने सहमति गरेका थिए ।
सोमबार संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईको नेतृत्वमा सातै प्रदेशका यातायात मन्त्री सहित बसेकोबैठकले सवारी चालक अनुमतिपत्र परिक्षा निर्देशका २०७७ सबै प्रदेश कार्यालयहरुले अनिवार्य कार्यान्वयन गर्ने निर्णय गरेको निर्णयअनुसार बागमती प्रदेशमा पनि लागु हुने भएको हो ।
यातायात व्यवस्था विभागले करिब एक बर्ष लगाएर लाइसेन्स परिक्षा निर्देशिका जारी गरेको थियो । जसमा १०० पुर्णाङ्कमा ७० अंकल्याए ट्रायल परिक्षा पास हुने व्यवस्था छ । तर, यो प्रणाली गण्डकी प्रदेशले मात्रै कार्यान्वयनमा ल्याए पनि अन्य प्रदेशले भने आनाकानीगर्दै आएका थिए ।








































