आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस क्षेत्रीय कार्य समितिले नाम सिफारिस गरिउम्मेदवारको नाम टुंग्याएको छ। सिफारिस गर्ने क्रममा गुल्मी क्षेत्र नम्बर २ प्रदेश (ख) प्रदेश सभा सदस्य प्रत्यक्ष तर्फ विष्णु प्रसादअर्याल सहित ७ जनाको नाम सिफारिस गरेको छ ।
निर्वाचन नजिकिएसंगै गुल्मी क्षेत्र नम्बर २ चुनावी रौनकले तातेको छ । गुल्मी क्षेत्र नम्बर २ प्रदेश जिल्ला कै अपार सम्भाव्यता बोकेकोशिक्षित तथा राजनैतिक चेतनाको दृष्टिकोणले समेत सदैव चर्चामा रहदै आइरहेको छ ।
लामो समयदेखि नेपाली कांग्रेसको राजनितिमा सक्रिय हुदै आईरहेका र पटकपटक पार्टीको सभापति हुदै पार्टीले दिएको जिम्मेवारीकुशलतापूर्वक निर्वाह गरेका मालिका गाँउपालिका वडा नम्बर ६ अर्जैका विष्णु प्रसाद अर्याल यस पटक गुल्मी क्षेत्र नम्बर २ प्रदेश (ख) प्रदेश सभा सदस्य प्रत्यक्ष तर्फ सिफारिसमा परेका हुन् ।
राजनीतिसंगै व्यवसायमा सक्रिय अर्याल हाल काठमाडौंमा व्यवसाय गर्दै आइरहेका छन् । उनी भन्छन्, मैले लामो समय ने.बि.संघ हुदैनेपाली कांग्रेस अर्जेको पार्टी सभापतिको जिम्मेवारी सफलता पूर्बक निर्वाह गरिसकेको व्यक्ति हुँ । समयको माग र आम जनताकोचाहाना बमोजिम नै अबको बाँकी समय गुल्मी क्षेत्र नम्बर २ प्रदेश (ख) प्रदेश सभा सदस्य बनेर आफ्नो प्रदेशको समग्र विकास समृद्वीमासम्पूर्ण ध्यान केन्द्रीत गर्ने र गुल्मी कांग्रेसलाई एक ढिक्का बनाई बलियो कांग्रेसको रुपमा स्थापित गर्ने अठोट आफुमा रहेको अर्यालबताएका छन्।








































