काठमाडौं, भदौ १९ : आगामी मंसिर ४ गते हुने प्रदेश र संघीय निर्वाचनका लागि नेपाली काङ्ग्रेस नागार्जुन नगर सभापति बौद्धिक नेतादुर्गाप्रसाद गौतमको नाम क्षेत्र न.९ ( ख) बाट प्रदेशसभा सदस्यमा समानुपातिक उमेदवारका रुपमा सिफारिस भएसंगै ऊहाँको संभावनाप्रबल रहेको यस क्षेत्रका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु बताउँछ्न।
बिद्यार्थी जीवनकाल देखिनै नेपाल बिद्यार्थी संघबाट विद्यार्थी राजनीति सुरु गरेका गौतम को जन्म बि.स. २०२८ मा नागार्जुन न.पा वडान. ७ साबिक स्युचाटार गा.बि.स वडा न. ८ किम्सीमा भएको हो। गौतमले अर्थशास्त्रमा स्नातकोत्तर, एम.फिल. सम्मको अध्ययन गरेकाछन् भने समाजशास्त्रमा समेत स्नातकोत्तर गरेका छ्न। गौतमले शिक्षाशास्त्र तर्फ गणित विषयमा एम.ए गरेका छ्न। गौतम लामो समयदेखि पठनपाठन कार्यमा संलग्न हुँदै आएका छ्न।
गौतमले विद्यालय स्तरको गणित विषयको पाठ्यपुस्तकहरु लेखन कार्य गरेका छ्न भने कक्षा ११, १२, स्नातक र स्नातकोत्तर तहकाअर्थशास्त्र विषयका पाठ्यपुस्तक लेखेका छ्न।
सामाजिक, शैक्षिक तथा राजनीतिक जीवनमा सकृय गौतम विभिन्न प्रशिक्षण कार्यमा पनि संलग्न रहदै आएका छ्न। दैनिक प्रत्रपत्रिकापढ्ने पाठकका लागि पनि नौलो नाम भने होइन गौतम,किनकी गौतम समसामयिक ,राजनैतिक ,आर्थिक विषय बस्तुहरुमा कमल चलाई रहन्छ्न।
गौतमका नेपाली राष्ट्रिय दैनिक पत्रिकाहरु कान्तिपुर ,गोरखापत्र,नागरिक ,कारोबार ,नेपाल समाचार पत्र ,नयाँ पत्रिका दैनिक तथाविभिन्न अनलाइन पोर्टलहरुमा सयौं लेखहरु प्रकाशित भएका छ्न। गौतम सरकारी तथा गैर सरकारी संस्थासँग सम्बन्धित अनुगमन तथामुल्यांकन गर्ने कार्यमा ” कार्यक्रम बिज्ञ” का रुपमा पनि काम गर्दै आएका छ्न।
पार्टीबाट राम्रा मानिसहरूको छ्नोट हुदैन भन्ने आरोप लाग्ने बेला गौतम जस्ताको उम्मेद्बारी आउनु उत्साहजनक हो र वहाँ जस्ता उमेदवारलिएर घरदैलोमा जाने वातावरण बन्ने र यसले यस क्षेत्रमा कांग्रेसले प्रस्तुत गर्ने प्रत्यक्ष तर्फका उमेदवारको पक्षमा समेत जनलहर सृजनागर्न सकिने कुरा क्षेत्र नं ९ (ख)का आगुवा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुका साथै यस क्षेत्रका बुद्धिजिवी ,पेशाकर्मी र आममानिसहरू सार्बजनिक रुपमा चर्चा परिचर्चा गर्न थालेका छ्न।
” संविधानको सफल कार्यान्वयन तथा प्रदेश विकासको नयाँ र प्रभावकारी मार्ग कोर्न नेपाली कांग्रेसले काठमाडौंका वुद्धिजिवीगौतमलाई टिकट दिनेछ।” स्थानीय मतदाताले बताए।








































