काठमाडौं : नेपाली कांग्रेसका युवा नेता सुशील भट्टले काठमाडौं क्षेत्र नम्बर ७ मा प्रतिनिधिसभा सांसदका लागि दाबेदारी प्रस्तुुत गरेकाछन् । नेविसंघका पूर्व केन्द्रीय सदस्य रहेका भट्ट काठमाडौं क्षेत्र नम्बर ७ बाट कांग्रेस महाधिवेशन प्रतिनिधि हुन् । जहाँ स्कुल त्यहाँनेविसंघ अभियननका संयाेजक हुँदै नेविसंघकाे राजनीतिमा संगठककाे छवि बनाएका भट्ट काठमाडौं ७ मा कांग्रेसभित्र लोकप्रीयनेता मानिन्छन् । भट्टले प्रतिनिधसभा सांसदमा दाबेदारी पेश गर्दै फेसबकमा लेखेकाछन्- आदरणीय अग्रज एवं प्रिय साथीहरु,
आसन्न मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सन्दर्भमा नेपाली कांग्रेस काठमाडौ क्षेत्र नम्बर ७ मार्फतप्रतिनिधि सभा सदस्य निर्वाचनको लागी प्रत्यक्ष तर्फको आकांक्षीको रुपमा उम्मेद्वारी पेश गरेको अवगत गराऊन चाहनछु ।
मैले मेरो उम्मेद्वारी दाबी गर्दै गर्दा मेरा अग्रज र समकालिन युवा साथीहरूले मलाई भन्नुभयो, “टिकट ल्याऊन त माथीको आशीर्वादचाहिन्छ तिम्रो माथिसम्म पहुँच छ? कांग्रेस जस्तो पार्टीमा यही उमेरमा टिकट ? अलि हाँस्यास्पद भएन र ?”
तपाईले भनेको ठीक हो । मेरो माथिसम्म पहुँच छैन । र, रहर पनि छैन । तर, मसँग तलसम्मको पहुँच छ । मैले टेटेको धरताल बिर्सेकोछैन। तसर्थ, मेरो पहुँच मैले टेकेको धर्तीसँग छ। जहाँबाट तपाईहरुको गहिरो आत्मविश्वास बटुल्न सकेको छु । तलका परिवर्तन चाहनेयूवापुस्ता र क्षेत्र नम्बर ७ बासी आम जन जनसम्मको पहुँच छ । मेरो अपील पढिरहनु भएको तपाईंसम्मको पहुँच छ ।
म रुख़को जरा हुँ । ज़राको सम्बन्ध र पहुँच पानीसम्मको मात्र हो । माथि पुग्नु पर्ने म हैन । माथि पुग्नु पर्ने त आम नागरीक हो । म ततपाईंको लागि सुख दुःखमा सदैव हाज़िर हुने सेवक मात्रै हुँ । म जरा नै रहिरहुँ । रुख बनेर जनता माथि पुगून् । नागरीक टुप्पो बनुन् । मसँधै जरा बनिरहूँ । म तलै हुन चाहन्छु । सँधै तपाईंहरुकै पहुँचमा हुन चाहन्छु । आम नागरिकलाई शिरमा पुर्याएर म भुइँमै रहन चाहन्छु।तपाईंको विश्वासलाई कहिले पनि मर्न दिने छैन।
म उमेरले मात्र यूवा भएका कारण दाबी गरिरहेको छैन की Age होईन Agenda महत्वपूर्ण क़ुरा हो ।
सवाल यो मात्र होइन – उमेर कति छ ? सवाल यो पनि हो,मान्छे बासी भईसकेको छ वा अझै ताज़ा छ ? कयौ ‘युवा’ जवानीमै बासीभईसक्छन । तिनले सोच्ने, भन्ने , गर्ने कुराको शैली आदि सबै कुरा सहजै पूर्वानुमान लगाउन सकिन्छ । केही प्रौढ यस्ता हुन्छन – पुरानोभएर पनि बासी हुदैनन । गाला चाउरिए पनि , नया संभावनाको बिउ सुकेको हुन्न । यसर्थ यो दुबै पुस्तालाई समेट्नु मेरो ज़िम्मेवारी हो भनेहामी जस्ता पुस्तालाई पार्टीले विश्वास गर्नु पार्टीको दायित्व हो भन्ने बुझेको छु ।
अन्त्यमा I will never change but I will bring the change. Believe or not, you will see the difference.
जयनेपाल !
उही तपाईको
सुशील भट्ट, क्षेत्र न ७ काठमाडौ








































