आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस जिल्ला समितिले नाम सिफारिस गर्नेउम्मेदवारको नाम टुंग्याएको छ।
आज (शनिबार) सम्पन्न जिल्ला समिति बैठकले प्रतिनिधिसभातर्फ क्षेत्र १ र २ दुवैमा जिल्ला सभापति डम्बरबहादुर खड्काको नामपहिलो नम्बरमा राखेको छ।
प्रतिनिधिसभाका दुवै क्षेत्रमा दोस्रो नम्बरमा नेता भेषराज आचार्यको नाम सिफारिस गरिने भएको कांग्रेसले जनाएको छ। क्षेत्र १ माखड्का र आचार्यपछि भूपेन्द्र कट्टेल, टीकाराम लेप्चा र सुजता परियारको नाम सिफारिस गरिँदैछ। क्षेत्र २ मा पनि खड्का र आचार्यपछिकेशव थापा, बेनुपराज प्रसाईं, नगेन्द्र कुमाल, सुजता परियार र रमेश लिङ्दमको नाम सिफारिस हुने पार्टी सचिव निरोज खड्गीलेजानकारी दिए।
प्रतिनिधिसभा क्षेत्र १ को प्रदेशसभा (क) मा खगेश्वरी पौडेल बन्दना, देवेन्द्र सुवेदी, उद्धव पौडेल, देवेन्द्रकुमार राई, हुकुमलाल थेबे, हरिलुइँटेल, सञ्जीव ढकाल, प्रकाश भट्टराई र मिलन क्षेत्रीको नाम छानिएको छ। क्षेत्र १ (ख) मा समशेर राई, विष्णुु (हेमकुमार) कार्की, भीष्म प्रधान, निस्कल राई, जीवन नेपाल, सन्तोष गुरुङ र ध्रुव राई सिफारिसमा परेका छन्।
प्रतिनिधिसभा क्षेत्र २ को प्रदेशसभा (क) मा निरोज खड्गी, राजेन्द्र शर्मा, गोविन्द गिरी, पूर्ण गौतम, राजेन्द्र बाँस्तोला र प्रदीप अर्यालकोनाम छ भने क्षेत्र २ को (ख) मा लक्ष्मण पाण्डे, यामकुमार बुुढाथोकी, कमल कार्की, डम्बरबहादुर लिम्बू र रामकुमार श्रेष्ठको नामसिफारिस हुने सचिव खड्गीले बताए। जिल्ला समिति बैठकले गरेको निर्णयअनुसारको नाम आजै प्रदेश समितिमा सिफारिस गरिनेउनले जनाए।
२०७४ सालको प्रतिनिधिसमा सदस्य निर्वाचनमा क्षेत्र १ बाट तत्कालीन नेकपा (एमाले)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालनेकपा (माओवादी केन्द्र)सहितको साझा उम्मेदवारका रूपमा विजयी भएका थिए। उनी निकटतम् उम्मेदवारभन्दा १७ हजार २ सय ६७मतान्तरले विजयी बनेका थिए। खनालले ३६ हजार ८ सय ५ मत ल्याएका थिए। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भूपेन्द्रकट्टेलको १९ हजार ६ सय ३८ मत आएको थियो।
क्षेत्र १ मा सूर्याेदय र माई नगरपालिकाका वडा १, २, ३, ४, ५, ९ र १० तथा माइजोगमाई, सन्दकपुर र रोङ गाउँपालिका पर्छन्। गतवैशाख ३० को स्थानीय तह निर्वाचनमा सूर्याेदय नगरको मेयरमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (एस)का रणबहादुर राई विजयीभएका छन्। माई नगरपालिकाको मेयर र माइजोगमाई गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् भने रोङ रसन्दकपुर गाउँपालिकाको अध्यक्ष कांग्रेसले जितेको छ।
प्रतिनिधिसभा निर्वाचन २०७४ मा इलाम क्षेत्र २ बाट एमालेका सुवासचन्द्र नेम्बाङ विजयी भएका थिए। नेम्बाङले ३६ हजार ५ सय १७मत ल्याउँदा कांग्रेसका केशव थापाले २६ हजार ८ सय ६५ मत ल्याएका थिए। यो निर्वाचन क्षेत्रमा जिल्ला सदरमुकामसमेत रहेकोइलाम नगरपालिका र देउमाई नगरपालिका तथा फाकफोकथुम, माङ्सेबुङ र चुलाचुली गाउँपालिका पर्छन्। गत वैशाख ३० को स्थानीयतह निर्वाचनमा इलाम नगरको मेयर र चुलाचुली गाउँपालिकाको अध्यक्ष काङ्ग्रेसले जितेको छ भने देउमाईको मेयरसहित फाकफोकथुमर माङ्सेबुङको अध्यक्ष एमालेले जितेको छ।
प्रदेशसभा निर्वाचन २०७४ मा जिल्लाका चारै प्रदेश निर्वाचन क्षेत्रमा एमाले–माओवादी गठबन्धनका उम्मेदवार विजयी भएका थिए। क्षेत्र१ (क)मा तत्कालीन एमालेकी खिनु लङ्वा लिम्बू, क्षेत्र १ (ख)मा एमालेकै काजीमान कागते, क्षेत्र २ (क)मा एमालेकै रामबहादुर रानामगरर क्षेत्र २ (ख)मा माओवादीका धीरेन शर्मा रमण विजयी बनेका थिए।








































