काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १० स्थित बुद्धनगरस्थित निर्मााणीधन घरको छैठौं तल्लाबाट खसेर दुई बालबालिकाकोमृत्यु भएको छ ।
आज साँझ पौने ६ बजे भएको घटनामा भारतको विहार घर भई काठमाडौं मनोहरा पेप्सीकोला बस्ने १४ वर्षीय बालक र काठमाडौंघट्टेकुलोकी १४ वर्षीया बालिकाको मृत्यु भएको काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
उनीहरुलाई छ तल्लाबाट खसेपछि नयाँबानेश्वरको सिभिल अस्पताल लगिएको थियो । चिकित्सकले साढे ६ बजे मृत घोषणा गरेकाकाठमाडौंका एसपी मैनालीले बताए ।








































