Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५५:२८ बिहान
- ADVERTISEMENT -

अल्फा बिटाका सञ्चालकलाई बालेनको प्रश्न- तपाईँको घरको नक्शा मसँग हुन्छ?

प्रकाशित मिति: २०७९ भदौ ९, बिहीबार

595
Shares

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह अल्फा बिटाका सञ्चालकसँग झोंक्किएका छन्।

बिहीबार अनुमति बीना बनाइएका अवैध संरचना निरीक्षण गर्ने  क्रममा नयाँ बानेश्वरस्थित अल्फाबेटा पुगेका थिए।

अल्फाबेटाले पार्किङका लागि बनाएको संरचनामा व्यापारिक प्रायोजनको संरचना बनाएपछि त्यसलाई मेयर शाहले हटाउन भनेकाथिए। त्यसक्रममा शाहले  अल्फा बेटा ग्रुपका सञ्चालक द्विराज शर्मालाई भवन निर्माणको नक्सा मागेका थिए तर शर्माले नक्साआफूसँग नभएको भन्दै पन्छिन खोजे। त्यसक्रममा मेयर शाह र सञ्चालक शर्माबी चर्काचर्की पर्‍यो।

मेयर शाहले प्रमुख शर्मासँग झोँक्किँदै भने, ‘तपाईको घरको नक्शा मसँग हुनुपर्छ। यहाँ यत्रो नोटिस दिएको छ। के हो यो? ३५ दिनभित्रखाली गर, भनेर नोटिस दिएको होइनन? तपाईंको घरको नक्सा म सँग हुन्छ?

त्यसरी आवेगमा आएर बोलेपछि प्रमुख शर्माले मेयर शाहले डनको व्यवहार गरेको बताए। त्यसपछि सञ्चालक मिडियासँग पनि रुष्टव्यवहार देखाएका थिए।

त्यसपछि पार्किङका लागि बनाइएको संरचना खाली गर्नू भन्दै मेयर बाहिरिएका थिए।

काठमाडौं महानगरपालिकाले बुधबारदेखि काठमाडौंका विभिन्न स्थानमा अवैध रूपमा बनाएका संरचनाहरू भत्काउँदै आएका छ। ३५दिन अगाडि नै महानगरपालिकाले नक्सामा पार्किङका लागि अनुमति लिएर अरू संरचना बनाएको भएमा खाली गर्न सूचना जारी गरेकोथियो।

बुधबार महानगरले काठमाडौं मल, आरबि कम्प्लेक्स, बिरा कम्प्लेक्स अगाडि बनाइएका संरचनाहरू भत्काइएका थिए। त्यस्तै अरूविभिन्न ठाउँमा पनि अवैध संरचना भत्काउन निर्देशन दिएका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -