ललितपुरको नख्खु कारागारमा कैद भुक्तान गर्दै आएका एक जना कैदी फरार भएका छन्।
बुधबार अपरान्ह ४ बजेपछि उपचारको लागि महाराजगन्जस्थित टिचिङ अस्पातल लगिएका कैदी फरार भएको नख्खुका जेलरसुवासकुमार बुढाथोकीले जानकारी दिए। फरार हुनेमा रामेछापका भोला बुढाथोकी छन्।
उनी कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका कैदी हुन्। उनलाई अदालतले २० वर्ष जेल सजाय सुनाएको थियो। २०७२ सालदेखिकैद भुक्तान गरिरहेका थिए।
उनको आँखामा समस्या देखिएपछि महाराजगन्ज लगिएको थियो।
झुसेली कीरा परेर आँखामा समस्या देखिएपछि उपचारको काम हुँदै थियो। फलोअपको लागि आज अस्पताल लग्दा भागे,’ उनले भने।
उनको एक हातमा हतकडीसहित भागेका थिए। उपचारको लागि कैदीबन्दीको एउटा हतकडी खोल्ने गरिन्छ।
उनको आधा कैद भुक्तान हुनेबेला भइसकेको थियो। त्यसो हुँदा राम्रो चालचलन भएका व्यक्तिहरूको सजाय मिनाह गरी जेलबाट छाड्नेगरिन्छ। तर उनी अब थप जेल सजाय भोग्नुपर्ने जेलरले बताए।
भागेपछि प्रहरीले उनको खोजी गर्न थालेको छ।








































