Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:५९:१७ बिहान
- ADVERTISEMENT -

काठमाडौं उपत्यकामा डेंगुको संक्रमण बढ्दो

प्रकाशित मिति: २०७९ भदौ ८, बुधबार

315
Shares

काठमाडौँ- काठमाडौँ उपत्यकासँगै देशका विभिन्न ठाउँमा डेंगु ज्वरोका बिरामी बढेको पाइएको छ। लामखुट्टे धेरै पाइने तराई–मधेशतथा पहाडी क्षेत्रमा डेंगुको सङ्क्रमण बढ्दै गएको छ। विशेष गरी जनघनत्व बढी भएका काठमाडौँ उपत्यका, पोखराजस्ता सहरमाडेंगुज्वरोका बिरामी बढिरहेका छन्।

यसपटक काठमाडौँमा डेंगुका बिरामी धेरै देखिएको वीर अस्पतालका निमित्त प्रशासकिय अधिकारी डा भूपेन्द्र बस्नेतले जानकारी दिए।अस्पतालमा चिकित्सकसहित धेरै डेंगुका बिरामी भर्ना भएको बताए। “यहाँ दैनिक डेंगुका बिरामी भर्ना भइरहेका छन्”, उनले भने,“घरवरपर सफा राख्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्दछ।”

विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुकोसङ्क्रमण फैलिने गर्छ नेपालमा सन् २००४ मा पहिलो पटक डेंगुको बिरामी फेला परेको थियो। त्यसयता डेंगुको सङ्क्रमण देखिँदैआएको छ। सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोलाले सन् २००६, २०१०, २०१२, २०१३, २०१७ र २०१९ मा डेंगु बढेको बताउँछन्।

त्यसपछि अहिले नै डेंगुका बिरामी बढेको उनको भनाइ छ। बीचका वर्षमा पनि डेंगुका फाट्टफुट्ट बिरामी भेटिइरहे। तराई–मधेशमा बढीदेखिने डेंगु २०१८ पछि भने पोखरा, काठमाडौँ जस्ता पहाडी सहरमा पनि देखा प¥यो। “उपत्यकामा लामखुट्टे बढेको र डेंगुका बिरामी पनिउपत्यका प्रवेश गरेका छन्”, उनले भने, “ती बिरामीबाट अन्य मानिसलाई लामखुट्टेले रोग सार्ने गरेकाले उपत्यकामा डेंगुका बिरामी बढीदेखिएका हुन्।”

निजामति कर्मचारी अस्पतलाका निर्देशक डा विधाननिधि पौडेलले अस्पतालमा अहिलेसम्म १९ बिरामीको उपचार भइसकेको जानकारीदिए। उनका अनुसार आज पनि आठ जना बिरामीको उपचार भइरहेको छ। अस्पतालले डेंगुबाट बच्नका लागि सबै शय्यामा रहेकाबिरामीलाई झुल प्रयोग गर्न निर्देशन दिएको छ। “तापक्रम बढेसँगै अहिलेको मौसममा सफा र जमेको पानीमा बस्ने ‘एडिज एजिप्टी’ रएडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टको टोकाइले डेंगु रोग लाग्दछ”, उनले भने, “उपत्यकामा पहिले भन्दा अहिले तापक्रम बढेकालेधेरै बिरामी देखिएका हुन।”

उनका अनुसार साउनदेखि असोजसम्म बढी गर्मी र पानी पर्ने भएकोले डेंगुको सङ्क्रमण जोखिम बढी हुने गरेको छ। सरुवा रोग विशेषज्ञडा बाँस्तोलाका अनुसार समुदायस्तरमा १० हजार मानिस डेंगुबाट सङ्क्रमित भए भने एक हजार जनामा लक्षण देखापर्छ। जसमध्ये पाँचसय जना भाइरल ज्वरोले सङ्क्रमित हुन्छन् भने अर्को पाँच सय जनामा डेंगु ज्वरोका लक्षण देखिन्छन्। उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर , घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेंगुका लक्षण हुन्।

डेंगु ज्वरो सञ्चो हुने बेलामा शरीरमा राता दाग पनि देखा पर्छन्। गम्भीर प्रकृतिको डेंगु सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट खुट्टा सुनिने जस्ता लक्षण देखा पर्छन्। यस्तालक्षण देखिएका बिरामीलाई भने तत्काल अस्पताल भर्ना गराउनुपर्छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कल्सन्टेन्ट फिजिसियन डा बिमल चालिसेका अनुसार अस्पतालमा अहिले २२जना डेंगुका बिरामीको उपचार भइरहेको छ। उनले अहिलेको मौसम नै पानी जम्ने र उक्त पानीमा लामखुट्टे बढी फैलिने भएकोले डेंगुकोसङ्क्रमण देखिएको बताए। उनले डेंगु रोग चार प्रकारका भए पनि अहिले नेपालमा कुन प्रकारको डेंगु देखिएको छ भन्नेमा अनुसन्धानभइरहेको जानकारी दिए।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलका अनुसार पुस यता दुई हजारएक सय आठ जनामा डेंगुका बिरामी देखिएको छन्। जेठयता काठमाडौँमा दुई सय ३३, ललितपुरमा छ सय २३ र भक्तपुरमा ३८ जनाडेंगुका बिरामी भेटिएका छन्। साउनमा मात्रै काठमाडौँमा एक सय ९६, भक्तपुरमा ३५ र ललितपुरमा पाँच सय २३ बिरामी भेटिएको उनलेजानकारी दिए।

अहिलेदेखि फैलिन सुरु भएको डेंगुको सम्भावित प्रकोप रोक्न लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान चलाउनुपर्दछ। सर्वप्रथमतः हाम्रो घर, विद्यालय, बजार वरिपरि जम्मा भएको पानी हटाउनुपर्छ। एकैठाउँ जमेर रहेको सङ्लो पानीमा डेंगु सार्ने लामखुट्टेले अन्डा पार्ने गर्छ।त्यसैले धेरै समय बाहिर खुला रुपमा पानी राख्न हुँदैन।

डेंगुको रोकथाम गर्नु भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो। साँझा–बिहान लामखुट्टेको टोकाइबाट बच्न सतर्क रहनुपर्छ। घरमाजालीढोका लगाउने, झुल टाँगेर सुत्ने, साँझा–बिहान सकेसम्म बाहिर ननिस्कने तर निस्कनै परे लामा बाहुला भएका लुगा लगाउने वालामखुट्टे भगाउने क्रिम लगाएर हिँड्ने गर्नुपर्दछ। रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -