- ADVERTISEMENT -

पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ दक्षिण एसियाको उत्कृष्ट १० उद्यमीको सूचीमा

August 22, 2022
600
Shares
- ADVERTISEMENT -

काठमाडौं । मिस नेपाल वर्ल्ड २०१९ अनुष्का श्रेष्ठ दक्षिण एसियाका १० उत्कृष्ट महिला उद्यमीको सूचीमा परेकी छन् । इन द क्यापम्यागजिनले तयार पारेको सूचीमा अनुष्का तेस्रो स्थानमा छिन् ।

सन् २०२० मा उनले स्थापना गरेको स्थानीय डेजर्ट ब्रान्ड माकुसीले अनुष्कालाई यो उपलब्धि दिलाएको हो । उनको यो सफलताप्रतिमिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले बधाई दिएको छ ।

- ADVERTISEMENT -

Advertisement

यो ब्रान्डले परम्परागत नेपाली स्वादको मिठाइ बिक्री गर्छ । सूचीको पहिलो स्थानमा बंगलादेशकी उद्यमी तमारा आबेद छिन् । उनलेस्थापना गरेको ब्रान्ड आरोङले कफीसहित अन्य उत्पादन गर्छ ।

दोस्रो स्थानमा भारतकी अनिशा सिंह छिन् । उनले मायडाला ब्रान्ड स्थापना गरेर चर्चामा आएकी हुन् । अनुष्काको कुरा गर्दा उनलेमाकुसी ब्रान्डसँगै मिस वर्ल्डमा ब्युटी विथ पर्पस विधा पनि जितेकी थिइन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -