५ भदौ, काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित गर्ने तयारी गरिएको छ । आज बिहान ११ बजे बस्ने तय भएकोबैठक स्थगित गर्ने र सोमबार दिउँसो १ बजे बस्ने सम्भावना रहेको स्रोतले बतायो ।
संसद सचिवालय स्रोतले भन्यो, ‘कांग्रेस नेता प्रदीप गिरिको निधनका कारण श्रद्धाञ्जली, अन्त्येष्टि लगायतका कार्यक्रममा सांसदहरुव्यस्त हुनुपर्ने भएकाले बैठक स्थगित गर्नेबारे छलफल भइरहेको छ ।’
गएराति साढे ९ बजे कॉंग्रेस नेता गिरि को निधन भएको थियो । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका अनुसार आज बिहान साढे ९बजेदेखि दिउँसो २ बजेसम्म श्रद्धांजलि कार्यक्रम राखिएको छ । त्यसपछि अन्त्येष्टि गर्ने कार्यक्रम छ ।
अन्त्येष्टिपछि संसदबाट शोक प्रस्ताव पारित गर्ने चलन छ । आज संसद बैठक स्थगित गर्ने र गिरिको निधनमा शोक प्रस्ताव सोमबारकोबैठकमा गर्ने गरी संसद सचिवालयमा छलफल भइरहेको स्रोतले बतायो । ‘आज संसद बैठक स्थगित हुने धेरै सम्भावना छ,’ स्रोतले भन्यो।
समाजवादी चिन्तक गिरि २०७४ सालको आम निर्वाचनमा सिरहा क्षेत्रनम्बर १ बाट निर्वाचित भएका थिए । २०६३ सालको पुनर्स्थापितसंसदमा मनोनीत भएका उनी २०६४ र २०७० सालमा समानुपातिक सांसद भएका थिए । २०५१ मा सिरहा–५ बाट निर्वाचित भएका उनी र२०५६ मा भने पराजित भएका थिए ।








































