३१ साउन, काठमाडौं । काठमडौंको फोहोर व्यवस्थापन गरिने बञ्चरेडाँडा क्षेत्रमा आन्दोलनका क्रममा प्रहरीको गोली लागेर एक युवकघाइते भएका छन् ।
स्थानीय वासिन्दाले काठमाडौंबाट फोहोर लिएर गएको गाडी रोकेपछि प्रहरीले अवरोध हटाउने क्रममा रबरको गोली चलाएको थियो ।प्रहरीले हानेको गोली आँखानजिकै लागेर स्थानीय कमल तामाङ घाइते भएका धुनीवेशी नगरपालिका-१ का वडाअध्यक्ष मानबहादुरतामाङले जानकारी दिए ।
तामाङका अनुसार उनलाई उपचारका लागि काठमाडौंको मनमोहन अस्पतालमा भर्ना गरिएको छ । उनको आँखामाथिकव भागमा रबरकोगोली अड्किएको छ । मंगलबार दिनभरजसो बञ्चरेडाँडा क्षेत्रमा प्रहरी र स्थानीय वासिन्दाबीच तनाव थियो । तनावकै बीच डेढ सयभन्दा बढी गाडीले बञ्चरेडाँडामा फोहोर खसालेका छन् ।








































